टिकटकर रमा बस्नेत पक्राउ | Khabarhub Khabarhub

टिकटकर रमा बस्नेत पक्राउ


१ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – टिकटकर रमा बस्नेत पक्राउ परेकी छन् । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ स्थायी बासिन्दा र हाल भक्तपुरमा बसोबास गर्दै आएकी ३१ वर्षीया टिकटकर बस्नेतलाई नेपाल प्रहरीको
साइबर ब्यूरोले पक्राउ गरेको हो।

प्रहरी प्रवक्ता तथा सूचना अधिकारी एसपी दीपक राज अवस्थीका अनुसार बस्नेतलाई आज भक्तपुरबाट नियन्त्रणमा लिइएको हो। उनलाई सामाजिक सञ्जाल टिकटकमा नियोजित रूपमा जातीय तथा साम्प्रदायिक सद्भावमा खलल पु¥याउने, प्रतिष्ठित व्यक्ति र संस्थालाई लक्ष्यित गर्दै तथ्यहीन तथा भ्रामक सामग्री प्रकाशित–प्रसारित गरेको अभियोगमा पक्राउ गरिएको जनाइएको छ।

प्रहरीका अनुसार बस्नेतले सार्वजनिक व्यक्तित्व तथा संस्थाहरूमाथि निराधार आरोप लगाउँदै चरित्र हत्या गर्ने खालका सामग्रीहरू प्रसारण गर्ने कार्य निरन्तर गर्दै आएकी थिइन्।

उनीविरुद्ध इलेक्ट्रोनिक कारोबार ऐन, २०६३ अनुसार मुद्दा दर्ता गरिएको छ भने काठमाडौं जिल्ला अदालतको आदेशमा तीन दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति : १ असार २०८२, आइतबार  ७ : ४७ बजे

शक्तिपूजाको इतिहास कसरी सुरु भयो ?

नारीलाई शक्तिको रूपमा महत्व दिएर पूजा र प्रार्थना गर्ने परम्परा

सत्य, धर्म र न्यायको विजयको प्रतीक दशैँ : राष्ट्रपति पौडेल

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा स्थायित्व, सुशासन र समृद्धिको

आज दशैँको टीका : शक्ति, आशीर्वाद र उत्सवको दिन

काठमाडौं – दशैँ नेपालमा मनाइने सबैभन्दा विशाल, जीवन्त र रंगीन

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असोज १६ गते बिहीबार। आश्विन

आजदेखि नेपाल र मलेसियाको टी-२० सिरिज

काठमाडौं – नेपाली राष्ट्रिय महिला टोलीले आजदेखि मलेसियासँग टी-२० सिरिज