खाडीमा ‘युद्ध विस्तार गर्ने’ प्रयासस्वरुप इजरायलले ग्यास क्षेत्रमा आक्रमण गर्‍यो : इरान « Khabarhub

खाडीमा ‘युद्ध विस्तार गर्ने’ प्रयासस्वरुप इजरायलले ग्यास क्षेत्रमा आक्रमण गर्‍यो : इरान


१ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

तेहरान– इरानका विदेशमन्त्री अब्बास अराघचीले आइतबार खाडी तटमा रहेको प्रमुख ग्यास सुविधामा इजरायलको आक्रमण इरानभन्दा बाहिर युद्ध विस्तार गर्ने प्रयास भएको बताएका छन् । “द्वन्द्वलाई फारसी खाडी क्षेत्रमा तान्नु एउटा ठूलो रणनीतिक गल्ती हो, सम्भवतः जानाजानी र युद्धलाई इरानी क्षेत्रभन्दा बाहिर विस्तार गर्ने उद्देश्यले गरिएको हो”, विदेशी कूटनीतिज्ञहरूसँगको बैठकमा अराघचीले भने ।

उनले इरानको दक्षिणी बुसेहर प्रान्त नजिकै समुद्री क्षेत्रमा अवस्थित दक्षिण पार्समा सञ्चालित एक केन्द्रमा भएको आक्रमणलाई उल्लेख गर्दै यस्तो बताएका हुन् । यो क्षेत्रले इरानको घरेलु प्राकृतिक ग्यासको करिब ७० प्रतिशत आपूर्ति गर्दछ । साउथ पार्स÷नर्थ डोम मेगा–फिल्ड विश्वको सबैभन्दा ठूलो ज्ञात ग्यास भण्डार हो । यो विशाल क्षेत्र कतारसँग जोडिन्छ ।

इरानले सन् १९९० को दशकको अन्त्यदेखि आफ्नो भागमा पर्ने क्षेत्रको विकास गर्दै आएको छ । इरानी सञ्चारमाध्यमले शनिबार इजरायली ड्रोनले साउथ पार्स फेज १४ को एउटा सुविधालाई लक्षित गरेपछि ‘ठूलो विस्फोट’ र आगलागी भएको रिपोर्ट गरेको थियो ।

अराघचीले आक्रमणलाई ‘एक अत्यन्त खतरनाक कदम’ भनेर वर्णन गर्दै खाडीमा कुनै पनि सैन्य गतिविधिमा ‘सम्पूर्ण क्षेत्र–र सम्भवतः सम्पूर्ण विश्व संलग्न हुनसक्छ’ भनी जोड दिए । शुक्रबार इजरायलले इरानमा ठूलो मात्रामा आक्रमण गरेको थियो जसमा शीर्ष सैन्य कमान्डरहरू र आणविक वैज्ञानिकहरू मारिए र देशभरका सैन्य आधारहरू, आणविक स्थलहरू र आवासीय क्षेत्रहरूमा आक्रमण गरियो । त्यसपछि इरानले इजरायलमाथि घातक क्षेप्यास्त्र आक्रमण गरेको छ । आइतबार राति कम्तीमा १० इजरायलीको मृत्यु भएको छ र दर्जनौँ घाइते भएका छन् ।

प्रकाशित मिति : १ असार २०८२, आइतबार  ८ : ०१ बजे

शपथको अन्योलबीच पोखरामा पुस्तक बेच्दै महावीर : भन्छन्- “मेयर साहब, गाह्रो नमानी दिनुहोला”

पोखरा– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा म्याग्दीबाट भारी

काठमाडौँमा बहुगन्तव्य शैक्षिक मेला हुने

काठमाडौँ– उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीलाई लक्षित गर्दै

नीम र तेलको महिमा: के छ यसको शास्त्रीय र वैज्ञानिक महत्त्व?

काठमाडौँ – आज चैत ५ गते, शरीरमा तेल लगाउने र

तीन जिल्लाका बिरामीलाई सेवा दिँदै एक स्थानीय अस्पताल

दाङ– दाङको राप्ती गाउँपालिकाद्वारा सञ्चालित राप्ती आधारभूत अस्पतालबाट तीन जिल्लाका

इरानलाई साउदीको चेतावनी- ‘खाडी क्षेत्रको धैर्यताको बाँध टुट्न सक्छ’

रियाद– साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फरहान अल साउदले