कर्णाली प्रदेशसभामा विपक्षीको अवरोध, बजेट अनिश्चित | Khabarhub Khabarhub

कर्णाली प्रदेशसभामा विपक्षीको अवरोध, बजेट अनिश्चित


१ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – कर्णाली प्रदेशसभामा आज असार १ मा बजेट नआउने निश्चित भएको छ । कर्णाली प्रदेश सरकारले ल्याएको ‘योजना बैङ्क’ अपारदर्शी र एकलौटी भएको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र), राप्रपा र एकीकृत समाजवादीले बजेट प्रस्तुत प्रक्रियामा सहभागी नहुने बताएपछि प्रदेशसभा बैठक बस्न नसकेको हो ।

आइतबार दिउँसो तीन बजे बस्ने भनिएको प्रदेश सभा बैठक दलहरुबीच विवाद उत्पन्न हुँदा अझै अनिश्चित बनेको छ । अहिले शीर्ष नेताहरुको छलफल सुरु भएको माओवादी केन्द्रका सांसद दुर्गाबहादुर रावतले बताए ।

संसदीय दलका नेता राजकुमार शर्मा, कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही र मुख्यमन्त्री यामलाल कँडेलबीच छलफल भएपनि अहिले सम्म टुङ्गो लाग्न नसकेको छैन् ।

प्रमुख प्रतिपक्ष दलले बजेट नआउन नदिएर योजना बैंकको नाममा अवरोध गरेको नेकपा (एमाले)का प्रमुख सचेतक टेकराज पछाईले बताए । ‘उहाँहरुले के कारणले बजेट ल्याउन नखोज्नु भएको हो । त्यो थाहा भएन्,’ उनले भने,‘बजेट ल्याउन नदिनुमा योजना बैंकभन्दा पनि अरु केही स्वार्थ जोडिएको हुनुपर्छ ।’

योजना छनौट अपारदर्शी भएको भन्दै माओवादी केन्द्र लगाएतका दलहरुले बिरोध गरेपनि योजना बैंक योजना छनौट पारदर्शी भएको पछाईले बताए । ‘योजना नआउदै अगाडी कसरी अपारदर्शी भयो भन्ने ?,’ उनले भने,‘पहिला बजेट आउन दिनुपर्यो ।’

कर्णालीमा सत्ता पक्ष बजेट ल्याउनका लागि अन्तिम तयारीमा रहेको बेला प्रतिपक्ष दलहरुले बिरोध गरेका कारणले बजेट ल्याउन नसकेका हुन् ।

प्रकाशित मिति : १ असार २०८२, आइतबार  ९ : २६ बजे

अफ्रिकामा खाद्य सम्मेलन, संयुक्त राष्ट्रसंघको गम्भीर चिन्ता

इथियोपिया – इथियोपियाको राजधानी आदिस अबाबामा सम्पन्न खाद्य प्रणालीसम्बन्धी एक

प्रधानमन्त्री ओलीको तुर्कमेनिस्तान भ्रमण स्वीकृत

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको तुर्कमेनिस्तान भ्रमणलाई मन्त्रिपरिषद्ले स्वीकृति

एमालेको अपानि : पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरण प्रक्रिया मिलेन, सदर हुँदैन

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी

विज्ञ भन्छन् : मधेशमा खाद्य संकट घटाउन कृषि बाली परिवर्तन गर्नुपर्छ

काठमाडौं – मधेशमा खडेरीका कारण हुन सक्ने खाद्य संकट समाधानका

संस्कृतिमन्त्री पाण्डेद्वारा पशुपति क्षेत्रको अवलोकन

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले साउनको