कराई डढेर फोहोर भएको छ ? चम्किलो बनाउन यसो गर्नुहोस् « Khabarhub

कराई डढेर फोहोर भएको छ ? चम्किलो बनाउन यसो गर्नुहोस्


३१ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्यसँग प्रत्यक्ष रूपमा जोडिएको ठाउँ हो- भान्साकोठा । हामी बिहानको चियादेखि रातिको खानासम्म भान्सामै खान्छौं । त्यसैले हाम्रो भान्सा र भान्सामा भएका भाँडाकुँडा सधैँ सफा हुनु अनिवार्य छ ।

भान्सामा कराईको प्रयोग धेरै नै हुने गर्छ । खानेकुरालाई धेरैबेर पकाउँदा वा भुट्दा कराई धेरै नै फोहोर हुन्छ । यतिसम्म कि कहिलेकाहीँ कराई डढेर रंग समेत परिवर्तन हुन जान्छ ।

फोहोर कराई सफा गर्न पनि उत्तिकै मिहिनेत लाग्छ । फोहोर कराई जतिसुकै बल गरेर माझ्दा पनि हत्तपत्त सफा हुँदैन । यस्तो अवस्थामा फोहोर कराईलाई चम्किलो बनाउन के गर्ने ? आज हामी बेकिङ सोडा र भिनेगरको प्रयोग गरी फोहोरले कट्कटिएको कराईलाई चम्किलो बनाउने अचुक उपायबारे जानकारी दिनेछौँ ।

बेकिङ सोडा र भिनेगर जस्ता सामग्री खानेकुरालाई स्वादिष्ट बनाउन मात्र नभइ भाँडाकुँडा सफा गर्न पनि उपयोगी हुन्छन् । बेकिङ सोडा र भिनेगरको मिश्रणले कराईमा जमेको फोहोर, दाग सहजै हटाउन सकिन्छ ।

यसको लागि सर्वप्रथम कराईमा फोहोर वा दाग भएको ठाउँमा थोरै बेकिङ सोडा छर्किनुपर्छ । त्यसपछि त्यहसलाई भिनेगर हालेर भिजाउनुपर्छ । यससँगै केही समयपछि फिज निस्किन्छ । यसलाई आधा घण्टासम्म त्यसै छाडेर राख्न सकिन्छ । त्यसपछि आफूले प्रयोग गर्ने स्पञ्जले कराई माझ्न सकिन्छ ।

यसरी कराई माझ्दा तातो पानीको प्रयोग गर्नु उपयुक्त हुनेछ । स्टिल, फलाम र नन–स्टिक कराई सफा गर्न यो उपाय अपनाउन सकिन्छ । कराई मात्रै होइन, भान्सामा प्रयोग हुने प्यान, डेक्ची वा कसौँडीमा टाँसिएको दाग सफा गर्न पनि यसै उपाय अपनाउन सकिन्छ ।

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार  ६ : ५१ बजे

आज सभामुखको उम्मेदवारी दर्ता, रास्वपाबाट डोलप्रसाद अर्यालको दाबी

काठमाडौँ – प्रतिनिधि सभाको सभामुख चयनका लागि शुक्रबार उम्मेदवारी दर्ता

आठ महिनामा विदेश पुगेका नेपालीले पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण

काठमाडौँ – चालु आर्थिक वर्षको फागुन मसान्तसम्म विदेशमा गएका नेपालीले

सडक सञ्जालमा जोडियो म्याग्दीको विकट गाउँ गुर्जा

म्याग्दी – धवलागिरि गाउँपालिका–१ गुर्जा सडक सञ्जालमा जोडिएको छ ।

अन्तर्राष्ट्रिय फुटबलबाट बाहिरिने तयारीमा लेवान्डोव्स्की : लेखे भावुक पोस्ट

काठमाडौँ – पोल्यान्डका कप्तान तथा कीर्तिमानी स्ट्राइकर रोबर्ट लेवान्डोव्स्कीले अन्तर्राष्ट्रिय

आजको मौसम पूर्वानुमान: पहाडी तथा हिमाली क्षेत्रमा वर्षा, तराईमा हुरीको चेतावनी

काठमाडौँ – हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव