कराई डढेर फोहोर भएको छ ? चम्किलो बनाउन यसो गर्नुहोस् « Khabarhub

कराई डढेर फोहोर भएको छ ? चम्किलो बनाउन यसो गर्नुहोस्


३१ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्यसँग प्रत्यक्ष रूपमा जोडिएको ठाउँ हो- भान्साकोठा । हामी बिहानको चियादेखि रातिको खानासम्म भान्सामै खान्छौं । त्यसैले हाम्रो भान्सा र भान्सामा भएका भाँडाकुँडा सधैँ सफा हुनु अनिवार्य छ ।

भान्सामा कराईको प्रयोग धेरै नै हुने गर्छ । खानेकुरालाई धेरैबेर पकाउँदा वा भुट्दा कराई धेरै नै फोहोर हुन्छ । यतिसम्म कि कहिलेकाहीँ कराई डढेर रंग समेत परिवर्तन हुन जान्छ ।

फोहोर कराई सफा गर्न पनि उत्तिकै मिहिनेत लाग्छ । फोहोर कराई जतिसुकै बल गरेर माझ्दा पनि हत्तपत्त सफा हुँदैन । यस्तो अवस्थामा फोहोर कराईलाई चम्किलो बनाउन के गर्ने ? आज हामी बेकिङ सोडा र भिनेगरको प्रयोग गरी फोहोरले कट्कटिएको कराईलाई चम्किलो बनाउने अचुक उपायबारे जानकारी दिनेछौँ ।

बेकिङ सोडा र भिनेगर जस्ता सामग्री खानेकुरालाई स्वादिष्ट बनाउन मात्र नभइ भाँडाकुँडा सफा गर्न पनि उपयोगी हुन्छन् । बेकिङ सोडा र भिनेगरको मिश्रणले कराईमा जमेको फोहोर, दाग सहजै हटाउन सकिन्छ ।

यसको लागि सर्वप्रथम कराईमा फोहोर वा दाग भएको ठाउँमा थोरै बेकिङ सोडा छर्किनुपर्छ । त्यसपछि त्यहसलाई भिनेगर हालेर भिजाउनुपर्छ । यससँगै केही समयपछि फिज निस्किन्छ । यसलाई आधा घण्टासम्म त्यसै छाडेर राख्न सकिन्छ । त्यसपछि आफूले प्रयोग गर्ने स्पञ्जले कराई माझ्न सकिन्छ ।

यसरी कराई माझ्दा तातो पानीको प्रयोग गर्नु उपयुक्त हुनेछ । स्टिल, फलाम र नन–स्टिक कराई सफा गर्न यो उपाय अपनाउन सकिन्छ । कराई मात्रै होइन, भान्सामा प्रयोग हुने प्यान, डेक्ची वा कसौँडीमा टाँसिएको दाग सफा गर्न पनि यसै उपाय अपनाउन सकिन्छ ।

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार  ६ : ५१ बजे

पूर्वप्रधानमन्त्री खालिदा जिया अस्पतालमा भर्ना

ढाका– बङ्गलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियालाई छातीमा सङ्क्रमणको समस्या देखिएपछि

रसुवागढी नाकास्थित ‘बेलिब्रिज’ निर्माणमा चिनियाँ पक्षको प्राथमिकता

रसुवा– नेपाल–चीन जोड्ने रसुवागढीस्थित नाकामा निर्माणाधीन बेलिब्रिज तयारीको कामले तीव्रता

सुमनराज अर्याल बने मुख्यसचिव

काठमाडौं- सरकारले रक्षासचिव सुमनराज अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको छ। एकनारायण

सुदूरपश्चिमका जोश ब्राउन गोल्डेन डक आट, सोमापलले लिए विकेट

काठमाडौं– नेपाल प्रिमियर लिग अन्तर्गत सोमबारको दोस्रो खेलमा कर्णाली याक्सविरुद्धको

चितवनमा थपिए २२ हजार मतदाता

चितवन– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि