अस्ट्रेलियासँगको टेस्टमा वेस्ट इन्डिज २७ रनमा समेटियो « Khabarhub

अस्ट्रेलियासँगको टेस्टमा वेस्ट इन्डिज २७ रनमा समेटियो


३१ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


864
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अस्ट्रेलियाले वेस्ट इन्डिजसँगको तेस्रो टेस्टमा शानदार जित हात पारेको छ। वेस्ट इन्डिज २७ रनमा रोकिएपछि अस्ट्रेलियाले १७६ रनको जित हात पारेको हो।

अस्ट्रेलियाले पहिलो पारीमा २२५ रन जोडेको थियो। वेस्ट इन्डिजले पहिलो पारीमा १४३ रनको योगफल खडा गरेको हो। अस्ट्रेलिया पनि दोस्रो पारीमा १२१ रनमा सीमित भएको थियो।

सो खेलमा १०० औँ टेस्ट खेली रहेका मिचेल स्टार्क छाए। उनले सबिना पार्कमा तेस्रो दिन पहिलो ओभरमा नै तीन विकेट लिए। उनले ४०० टेस्ट विकेट पुरा गरे भने सबै भन्दा छिटो ५ विकेटको सफलताको कीर्तिमान पुरा गरे। ७.३ ओभरमा ९ रन खर्चेर उनले ६ विकेट लिए। स्कट बोल्यान्डले ह्याट्रिक गरे।

वेस्ट इन्डिजका जस्टिन ग्रेभ्सले सर्वाधिक ११ रन जाडे। अन्यले दोहोरो अङ्क छुन सकेनन्। वेस्ट इन्डिजको यो स्कोर टेस्ट इतिहासमै दोस्रो सानो स्कोर हो।यसअघि सन् १९५५ मा इङ्गल्यान्डले न्युजिल्यान्डलाई २६ रनमा सीमित गरेको थियो।

स्टार्कको घातक स्पेल भन्दा अघि अस्ट्रेलियाको पारीमा वेस्ट इन्डिजका बलर अलमारी जोसेफ छाएका थिए। उनले २७ रन खर्चेर ५ विकेट लिएका थिए। जोसेफ र समार मिलेर अस्ट्रेलियाको अन्तिम ९ विकेट २२ रनको अन्तरमा लिए।

जितसहित अस्ट्रेलियाले तीन खेलको शृङ्खलामा क्लिन स्विप गरेको छ। मिचेल स्टार्क म्यान अफ द म्याच र म्यान अफ द सिरिज घोषित भए।

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार  ६ : ४३ बजे

सर्वपक्षीय बैठकमा ओलीबारे कांग्रेसले भन्यो : नेतामाथि ‘स्थान हद’ लगाएर निर्वाचन हुन सक्दैन

काठमाडौं- आगामी फागुन २१ गते तय प्रतिनिधिसभा सदस्य निर्वाचन तोकिएकै

‘ह्वील अफ फर्च्यून’ टेलिभिजन शो होस्ट गर्दै अक्षय कुमार

काठमाडौं– बलिउडका चर्चित अभिनेता अक्षय कुमार लामो समयपछि टेलिभिजनमा पुनः

एमसीसी कम्प्याक्टअन्तर्गत सडक मर्मतका लागि दुई सम्झौता

काठमाडौं- एमसिए–नेपालले मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) कम्प्याक्टअन्तर्गत सडक मर्मत कार्य

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो

काठमाडौं- आइतबार घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सोमबार पनि

बोर्डको साप्ताहिक ब्रिफिङमा हराएको सुरक्षा पन्त स्टारर ‘धागो’को व्यापार ३९ हजार

काठमाडौं – व्यापार बढाइँचढाइ गरेर दर्शकलाई हलसम्म तान्ने मेकरहरूको कुचेष्टा