कञ्चनपुरमा विषालु च्याउ खाँदा एकैपरिवारका पाँचजना बिरामी « Khabarhub

कञ्चनपुरमा विषालु च्याउ खाँदा एकैपरिवारका पाँचजना बिरामी


३१ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कञ्चनपुरमा विषालु च्याउ खाँदा एकैपरिवारका पाँचजना बिरामी भएका छन् ।

दोधारा–चाँदनी नगरपालिका– ६ स्थित कालागडका ६३ वर्षीय कालु सुनारसहित पाँचजना बिरामी भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए ।

उनका अनुसार सुनारकी १८ वर्षीया नातिनी निशा सुनार, १६ वर्षीय नाति भीम सुनार, १२ वर्षीय नाति वसन्त सुनार र आठ वर्षीया नातिनी मन्सु सुनार बिरामी भएका हुन् ।

भारतको नङ्ग्रा जङ्गलबाट ल्याएको विषालु च्याउको तरकारी खाँदा उनीहरु बिरामी परेको बोहराले बताए । बिरामी पाँचै जनाको दोधारा–चाँदनी अस्पतालमा उपचार भइरहेको छ । 

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार  ६ : ४२ बजे

जलवायु परिवर्तनले अष्ट्रेलियाका वन्यजन्तु र वातावरणमा तीव्र क्षति : प्रतिवेदन

क्यानबेरा – अष्ट्रेलियाको वातावरण सन् २०२५ मा औसतभन्दा राम्रो देखिए

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आजदेखि सुरु भएको

रुखले च्यापिएर वृद्धको मृत्यु

पर्वत – पर्वतको बिहादी गाउँपालिका–१ बाच्छामा रुख काट्ने क्रममा ढलेको

बालेन सरकारका सामुन्ने आर्थिक चुनौतीको चाङ, सम्भावना र अवसर पनि उत्तिकै

काठमाडौं– केही दिनभित्र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट बालेन्द्र