एकै आर्थिक वर्षमा सबै जिल्ला पूर्णखोप घोषणा | Khabarhub Khabarhub

एकै आर्थिक वर्षमा सबै जिल्ला पूर्णखोप घोषणा


३१ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौँ, नुवाकोट, रसुवा, सुनसरी, डोल्पा र कैलाली जिल्लाले सोमबार एकैदिन पूर्ण खोप सुनिश्चितताको दिगोपना घोषणा भएसँगै सबै  जिल्ला पूर्ण खोप घोषणा भएका छन् । 

परिवार कल्याण महाशाखा, बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमका अनुसार नेपालमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने कार्य करिब दुई दशकअघिदेखि सुरु गरिएको थियो । 

एकै आर्थिक वर्षमा सबै जिल्ला पूर्ण खोप घोषणा भएको यो पहिलो पटक हो । नेपालमा सुरुमा पाल्पा पूर्ण खोप जिल्ला घोषित भएको थियो ।

‘पूर्ण खोप सुनिश्चतता तथा दिगोपना घोषणा केवल घोषणामात्र होइन, बालबालिकाको स्वास्थ्य सुरक्षाका लागि गरिएको एउटा महत्त्वपूर्ण कदम हो’, शाखाका प्रमुख डा गौतमले भने, ‘यो नेपालका लागि सफलताको हो ।’

परिवार कल्याण महाशाखाका प्रमुख डा विवेक लालले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा स्वास्थ्यकर्मी एवं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको समर्पण, स्थानीय जनप्रतिनिधिको नेतृत्व एवं अपनत्व, अभिभावकको विश्वास र समुदायको सहकार्यले भएको बताए ।  

हरेक वर्ष घरदैलो कार्यक्रम गरी खोज र खोप अभियानअन्तर्गत दुई वर्षमुनिका बालबालिकाले १५ महिनाभित्र लगाउनुपर्ने सबै खोपको पूर्ण मात्रा पाए/नपाएको पहिचान गरिन्छ । खोप लगाउन छुट भएका ती बालबालिकालाई सबै खोपको पूर्ण मात्रा पाएको सुनिश्चित गर्दै ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा’ गरिन्छ ।

शाखा प्रमुख डा गौतमका अनुसार पूर्णखोपका लागि जन्मेदेखि १५ महिनासम्मका बालबालिकालाई नौ प्रकारका खोप दिइने गरिन्छ । ती नौ प्रकारका खोप सात पटकमा १८ मात्रा खोप लगाउने गरिन्छ । ती नौ प्रकारका खोप विभिन्न १३ वटा रोगका विरुद्ध रहने गरेको उनले बताए ।

जन्मनै बित्तिकै क्षयरोगविरुद्धको बिसिजी खोप र १५ महिना पुगेपछि दादुरा–रुवेला र  टाइफाइड रोगविरुद्धको खोप दिइने गरिन्छ । वडा पूर्ण खोप घोषणा गर्ने बेलामा वडाले पालिकामा प्रस्ताव पठाउँछ, पालिकाले अनुगमन गरेर वडालाई घोषणाको अनुमति दिन्छ ।
 
त्यसै गरी, पालिकाले जिल्ला खोप समन्वय समितिलाई प्रस्ताव पठाउँछ र  जिल्ला खोप समन्वय समितिले अध्ययन, अनुगमन प्रमाण हेरेपछि पूर्ण खोप घोषणा गर्नका लागि अनुमति दिन्छ । 

जिल्लाले प्रदेश खोप समन्वय समितिलाई प्रस्ताव पठाउँछ, अनि प्रदेश खोप समन्वय समितिले अध्ययन, अनुगमन गरेपछि घोषणा गर्ने अनुमति दिन्छ । प्रदेशले चाहिँ सङ्घीय राष्ट्रिय खोप समन्वय समितिलाई त्यसै गरी पठाउँछ । 

यस्तै प्रदेशअन्तर्गत मधेस प्रदेशले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेको छ भने अन्य प्रदेशले घोषणाको तयारी गरेको उनले बताए । 

सबै जिल्ला पूर्ण खोप घोषणा गर्नका लागि विश्व स्वास्थ्य सङ्गठन,  ‘ खोपका लागि ग्लोबल एलायन्स’ (गाभी), युनिसेफलगायतका साझेदार संस्थाको सहयोग रहेको शाखा प्रमुख डा गौतमले बताए । रासस
 

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार  १२ : ११ बजे

ठूला पूर्वाधार निर्माण लागि वैकल्पिक वित्त परिचालन गरिन्छ : अर्थमन्त्री 

काठमाडौं– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विमानस्थल, रेलमार्ग लगायत पूर्वाधारका

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा भगवती न्यौपाने नियुक्त

काठमाडौं– घुस ‘डिल’ को अडिओ काण्डमा मुछिएका मन्त्री राजकुमार गुप्ताको

झापा प्रशासनको सार्वजनिक सुनुवाइ : जनगुनासो सुधार्ने प्रतिबद्धता

भद्रपुर– जिल्लामा सुशासन, पारदर्शीता र जवाफदेहिताको अभिवृद्धि गर्न जिल्ला प्रशासन

गृहका पाँच सहसचिव सरूवा : अध्यागमन विभागमा तिवारी, त्रिभुवन विमानस्थलमा घिमिरे

काठमाडौं- गृहमन्त्रालयले अध्यागमन विभागका महानिर्देशक र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन

काठमाडौं गोर्खाज र वर्ल्डलिंकबीच शीर्ष प्रायोजन सम्झौता सम्पन्न, दोस्रो सिजनमा एनपीएलका लागि साझेदारी घोषणा

काठमाडौं– वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल)