नवजात शिशु र आमाको उद्धार « Khabarhub

नवजात शिशु र आमाको उद्धार


३१ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

त्रिवेणी – रुकुम जिल्लाको आठबिसकोट नगरपालिका–४ गोताकोटबाट नवजात शिशुसहित आमाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । आज बिहान  गोतामकोटकी २२ वर्षीया अर्चना विक र उनको शिशुलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी प्रादेशिक अस्पताल सुर्खेत पठाइएको हो । 

सोमबार बिहान जन्मेको शिशुको श्वासप्रश्वासमा समस्या भएपछि थप उपचारका लागि हेलिकप्टरमार्फत सुर्खेत पठाइएको आठविसकोट  नगरप्रमुख रवि केसीले जानकारी दिए ।

नगर अस्पतालमा उपचार सम्भव नभएपछि बिक र उनको नवजात शिशुलाई थप उपचारका लागि सुर्खेत पठाइएको हो । नगरपालिकाको  सिफारिसमा जिल्ला प्रशासन कार्यालयमार्फत राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत आमाबच्चाको उद्धार गरिएको नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार  १२ : २७ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली