घुस प्रकरणमा रञ्जिताको गुनासो- मलाई र पार्टीलाई बदनाम गर्न खोजियो « Khabarhub

घुस प्रकरणमा रञ्जिताको गुनासो- मलाई र पार्टीलाई बदनाम गर्न खोजियो


३१ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


636
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले मंगलबार मात्रै राजीनामा दिएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता र बिचौलियासँग आफ्नो नाम घुस प्रकरणमा जोडेर बदनाम गर्न खोजिएको गुनासो गरेकी छन् ।

पूर्वभूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री श्रेष्ठले यही आइतबार आफूलाई समेत जोडेर घुस प्रकरणमाबारे सञ्चारमाध्यममा प्रकाशित भएको समाचारलाई लिएर यस्तो गुनासो गरेकी हुन् ।

‘म र मेरो पार्टीसँग सम्बन्धित नभएको भूमिसम्बन्धी आयोगको नियुक्ति र कर्मचारी सरुवाको विषयलाई लिएर नितान्त व्यक्तिलक्षित शीर्षक राखेर समाचार प्रसारण गरिनु म र मेरो पार्टीलाई बदनाम गराउन, आधारहीन आरोपित गरेर नियोजित चरित्रहत्या को प्रयास हो’, उनले भनेकी छन् ।

उनले नाउपा पारदर्शितमा विश्वास गर्ने पार्टी भएको पनि बताएकी छन् । ‘हाम्रो पार्टी पारदर्शिता, सुशासन र शून्य सहनशीलताको सिद्धान्तप्रति दृढ र प्रतिबद्ध छ’, उनले भनेकी छन्, ‘घटनाको सत्य तथ्य छानबिनका लागि कानुनी प्रक्रियामार्फत् अगाडि बढाउन आग्रह गर्दछौँ । तर अधिकार क्षेत्रबाहिरको विषयलाई जोडेर गलत तरिकाले असत्य समाचार सम्प्रेषण गरेकोमा खेद प्रकट गर्दछौँ।’

अध्यक्ष श्रेष्ठ र विचौलिया भनेका अर्का व्यक्तिले मन्त्री गुप्तासँग मिलेर ७८ लाख रुपैयाँको घुस डिल गरेको समाचार केही दिनयता भाइरल भएको छ । यही विवादमा मन्त्री गुप्ताले मंगलबार राजीनामा पनि दिइसकेका छन् ।

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार  १२ : ५७ बजे

तनहुँ जिल्ला प्रशासनबाट तीन महिनामा ४३४ गुनासा फर्स्योट

तनहुँ– जिल्ला प्रशासन कार्यालयले तनहुँले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा

पोखरा महानगरले मुख्य सडक क्षेत्र वरपरका ‘वर्कसप’ हटाउँदै

कास्की– पोखरा महानगरपालिकाले मुख्य सडक किनारमा रहेका वर्कसप, ग्यारेजलगायत संरचना

बाढीले क्षति पुर्‍याएकाे तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै

काभ्रे– जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित बेथानचोक गाउँपालिका–१ च्याम्राङ्गबेँसीमा रहेको तीनतले

एमालेले आज एकैपटक देशभरका पार्टी कमिटीलाई ११औँ महाधिवेशनको सन्देश प्रवाह गर्दै 

काठमाडौं– नेकपा एमालेले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनको सन्देश देशैभर प्रवाह

दरवाङ–मुना–ढोरपाटन सडक : धारापानी–झिनडाँडा खण्ड अन्तिम चरणमा

म्याग्दी– म्याग्दीको दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका–७ धारापानी–ताकम–शिवाङ–झिनडाँडा खण्ड स्तरोन्नति