घुस प्रकरणमा रञ्जिताको गुनासो- मलाई र पार्टीलाई बदनाम गर्न खोजियो « Khabarhub

घुस प्रकरणमा रञ्जिताको गुनासो- मलाई र पार्टीलाई बदनाम गर्न खोजियो


३१ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


636
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले मंगलबार मात्रै राजीनामा दिएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता र बिचौलियासँग आफ्नो नाम घुस प्रकरणमा जोडेर बदनाम गर्न खोजिएको गुनासो गरेकी छन् ।

पूर्वभूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री श्रेष्ठले यही आइतबार आफूलाई समेत जोडेर घुस प्रकरणमाबारे सञ्चारमाध्यममा प्रकाशित भएको समाचारलाई लिएर यस्तो गुनासो गरेकी हुन् ।

‘म र मेरो पार्टीसँग सम्बन्धित नभएको भूमिसम्बन्धी आयोगको नियुक्ति र कर्मचारी सरुवाको विषयलाई लिएर नितान्त व्यक्तिलक्षित शीर्षक राखेर समाचार प्रसारण गरिनु म र मेरो पार्टीलाई बदनाम गराउन, आधारहीन आरोपित गरेर नियोजित चरित्रहत्या को प्रयास हो’, उनले भनेकी छन् ।

उनले नाउपा पारदर्शितमा विश्वास गर्ने पार्टी भएको पनि बताएकी छन् । ‘हाम्रो पार्टी पारदर्शिता, सुशासन र शून्य सहनशीलताको सिद्धान्तप्रति दृढ र प्रतिबद्ध छ’, उनले भनेकी छन्, ‘घटनाको सत्य तथ्य छानबिनका लागि कानुनी प्रक्रियामार्फत् अगाडि बढाउन आग्रह गर्दछौँ । तर अधिकार क्षेत्रबाहिरको विषयलाई जोडेर गलत तरिकाले असत्य समाचार सम्प्रेषण गरेकोमा खेद प्रकट गर्दछौँ।’

अध्यक्ष श्रेष्ठ र विचौलिया भनेका अर्का व्यक्तिले मन्त्री गुप्तासँग मिलेर ७८ लाख रुपैयाँको घुस डिल गरेको समाचार केही दिनयता भाइरल भएको छ । यही विवादमा मन्त्री गुप्ताले मंगलबार राजीनामा पनि दिइसकेका छन् ।

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार  १२ : ५७ बजे

निफले सक्यो प्रि-इभेन्टका कार्यक्रम

काठमाडौं – नवौँ संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं- जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै युवाहरूले शनिबार

निर्वाचनमा बालअधिकार उल्लङ्घन : अध्ययनले देखायो ३५० घटना

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा बालअधिकारसम्बन्धी निर्वाचन आचारसंहिता कार्यान्वयन

केरलामा बर्ड फ्लूको प्रकोप : हजारौँ चरा नष्ट गर्ने निर्णय

एजेन्सी– भारतको दक्षिणी राज्य केरलामा बर्ड फ्लू (एभियन इन्फ्लुएन्जा) फैलिएको

वाग्मती सफाइ : तीन मेट्रिकटन फोहर व्यवस्थापन

काठमाडौं–  ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ