सरकारले ऊर्जा विकासका लागि सहजीकरण र समन्वय गर्न आवश्यक : देउवा « Khabarhub

सरकारले ऊर्जा विकासका लागि सहजीकरण र समन्वय गर्न आवश्यक : देउवा


३१ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले नेपालमा ऊर्जा विकासका लागि सबै किसिमको सहजीकरण र समन्वय गर्न आवश्यक रहेको बताएका छन् । 

मंगलबार काठमाडौंमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २३ औ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै सभापति देउवाले ऊर्जा क्षेत्रको विकासमा निजी क्षेत्रले खेलेको भूमिका निकै महत्त्वपूर्ण रहेको भन्दै ऊर्जा विकासका लागि सरकारले सबै किसिमको सहजीकरण र समन्वय गर्न आवश्यक रहेको बताए ।

सरकारका साथै निजी क्षेत्रले समेत ऊर्जा उत्पादन गरेकै कारण लोडसेडिङको समस्या भोग्नु नपरेको उनले बताए । सभापति देउवाले जलविद्युत क्षेत्रमा निजी क्षेत्रको लगानीलाई सरकारले प्रोत्साहन गर्नुपर्नेमा समेत जोड दिए ।  

वार्षिक साधारणसभाका अवसरमा इप्पानले विभिन्न व्यक्तिहरूलाई सम्मान गरेको थियो । 

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार  १ : २२ बजे

विस्केट जात्रा : ऐतिहासिक, सांस्कृतिक र तान्त्रिक महत्त्वको जात्रा

काठमाडौं- सांस्कृतिक सहर भक्तपुरमा हरेक वर्ष मनाइने विस्केट जात्रा सुरु

मेकिङमा नायिकाहरू : केही अरुका लागि, केही आफ्नै लागि

काठमाडौं – सफल नायक करिअरपछि मेकिङमा आउनेमा भुवन केसी, विराज

प्रधानमन्त्री वालेनको आवाजै नसुनि अन्त्य भयो नयाँ संसदको पहिलो अधिवेशन

काठमडौँ– प्रतिनिधिसभाको पहिलो अधिवेशन गएरातिबाट अन्त्य भएको छ । मन्त्रिपरिषदको

एमसीसी खारेजमा अडिग छु, शंका नगनू : हर्क साम्पाङ

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई (साम्पाङ)ले

स्रोत नखुलेको ६ लाखसहित दुई जना पक्राउ

सुनसरी– कोशी गाउँपालिका–८ भण्टाबारीबाट स्रोत नखुलेको ६ लाख ६९ हजार