खानेपानीको समस्या समाधान गर्न सरकार प्रयासरत : मुख्यमन्त्री सिंह « Khabarhub

खानेपानीको समस्या समाधान गर्न सरकार प्रयासरत : मुख्यमन्त्री सिंह


३१ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

जनकपुर – मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सुक्खाग्रस्त र खानेपानीको समस्या समाधानका लागि प्रदेश सरकारले स्रोतसाधन परिचालन गर्ने बताएका छन् ।

आज सरोकारवाला मन्त्रालय र दातृ निकायहरूसँगको बैठकमा मुख्यमन्त्री सिंहले ती समस्या समाधानका लागि सामूहिक प्रयास आवश्यक रहेको बताए।

उनले  मौजुदा अवस्थामा  प्रदेश सरकार तथा दातृ निकायहरुबाट गर्न सकिने तत्कालीन र दीर्घकालीन उपायहरू अवलम्बन गर्न आग्रह गरे। उनले भने, ‘बैठक र निर्णय मात्र होइन के गर्न सकिन्छ तुरुन्तै सुरु गरौँ ।’

प्रदेशका सबै १३६ वटै पालिकामा सुक्खा र खानेपानीको समस्या रहेको बताउँदै उहाँले प्रदेशका नागरिक समस्यामा रहेका बेला सहयोग गर्न अग्रसरता देखाउनका लागि दातृ निकायका प्रतिनिधिहरूलाई आग्रह गरे। 

‘प्रदेशका नागरिक अहिले वातावरणीय असन्तुलनको प्रभावबाट संकटमा रहेका बेला खुल्ला हृदयले सहयोग गर्न दातृ निकायहरूलाई आग्रह गर्दछु’, उनले भने।

बैठकमा प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री जनार्दन सिंह क्षेत्री, गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखी र ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री शेषनारायण यादवको समेत उपस्थिति रहेको थियो । यस्तै, वर्तमान अवस्थाबारे मन्त्रालयगत रूपमा तथ्यांक प्रस्तुत गरिएको थियो ।

बैठकमा दातृ निकायका प्रतिनिधिहरूले आवश्यक सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार  १ : ३६ बजे

माग सम्बोधन नभएको भन्दै मिटरब्याज पीडितको जनकपुरदेखि काठमाडौंसम्म पैदल मार्च

जनकपुर- आफ्ना मागहरू बारम्बार बेवास्ता गरिएको भन्दै मिटरब्याज पीडितहरूले न्यायको माग

काभ्रेको नमोबुद्धमा खाद्य अनुगमन : सात व्यवसायीमाथि कारबाही, तीन लाख जरिवाना

काठमाडौं– काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकास्थित विभिन्न खाद्यान्न पसल, होटल, रेष्टुरेन्ट तथा

गगन थापाको चेतावनी- प्राथमिकता नतोकिएको संविधान संशोधनले देशलाई द्वन्द्वमा धकेल्न सक्छ

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले स्पष्ट प्राथमिकता र उद्देश्यबिना संविधान

‘नेपाल विशेष सेवा ऐनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको

सरकारी जग्गाको विवरण उपलब्ध गराउन मातहतका निकायलाई स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आफ्ना मातहतका सबै निकायलाई