ज्ञानेन्द्र शाहीले ‘भ्रष्टाचारीको सरकार’ भनेपछि सुनिताको आपत्ति | Khabarhub Khabarhub

ज्ञानेन्द्र शाहीले ‘भ्रष्टाचारीको सरकार’ भनेपछि सुनिताको आपत्ति


३१ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


582
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई भ्रष्टाचारी भनेपछि संसद्मा विवाद भएको छ ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै शाहीले एकपछि अर्को भ्रष्टाचार प्रकरणको संरक्षण गर्न ओली सरकार लागि परेको आरोप लगाएसँगै एमाले सचेतक सुनिता बरालले नियमापत्ति जनाइन् ।

उनले संसद्को निमय २१ को घ अन्तर्गत रहेर नियमापत्ति जनाउँदै प्रतिनिधिसभामा जे पनि बोल्न थालिएको गुनासो गरिन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा शाहीले ‘भ्रष्टाचार गर्न नपाए ओलीको क्याबिनेटमा जानु’ भनेर व्यङ्ग्यात्मक अभिव्यक्ति दिए । उनले एकपछि अर्को भ्रष्टाचार प्रकरणको संरक्षणमा सरकार लागेको आरोप लगाएपछि एमालेले आपत्ति जनाएको हो ।

एमालेकी सचेतक सुनिता बरालले नियम २१ (घ) बमोजिम आपत्ति जनाउँदै भनिन्, ‘प्रतिनिधिसभामा जे पनि बोल्न थालिएको छ। संगीन आरोप लगाउने काम भएको छ, जसमा हाम्रो दलको गम्भीर ध्यानाकर्षण भएको छ।’

बरालले केही दिनअघि सार्वजनिक अडियो प्रकरणलाई लिएर सिंगो नेतृत्वमाथि लाञ्छना लगाउन खोजिएको भन्दै आपत्ति जनाइन्।

उनले भनिन्, ‘देशको नामै फरक बनाएर जुन मनोविज्ञान स्थापित गर्न खोजिएको छ, त्यो गलत हो। गलत गर्नेप्रति कारबाही हुनु पर्छ, तर गलत मानक स्थापित हुनु हुँदैन।’

बरालले सरकारबारे शाहीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन पनि सभामुख देवराज घिमिरेसँग आग्रह गरिन् ।

संसद्मा यस्ता कडा टिप्पणी र त्यसमा उठेका आपत्तिहरूबीच सत्ता र विपक्षी दलबीचको तनाव बढ्दै गएको छ ।

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार  १ : ४२ बजे

माधव नेपाल कहाँ जाने हो गए हुन्छ, पार्टी चलाउने अरु छन्: झलनाथ खनाल (अन्तर्वार्ता)

नेकपा एकीकृत समाजवादी विभाजनको डिलमा छ। अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरु

आगजनी र लुटपाटमा संलग्न भएको आरोपमा भक्तपुरबाट एक जना पक्राउ

भक्तपुर – जिल्ला प्रहरी परिसर भक्तपुरले १६ थान (जङ्गी राउन्ड)

दल दर्ताका लागि आयोगमा ९ निवेदन

काठमाडौँ- निर्वाचन आयोगमा ९ वटा राजनीतिक दलले दर्ताका लागि निवेदन

मौसम सफा नभएसम्म पदयात्रामा नजान आग्रह

कास्की – जिल्ला प्रशासन कार्यालयले उच्च हिमाली क्षेत्रमा हिमपात र

वरिष्ठ लेखा अधिकृत कार्कीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दैलेखको डुङ्गेश्वर गाउँपालिकाका वरिष्ठ