पाँच वर्षमा द्विपक्षीय व्यापार २० अर्ब डलर पुर्‍याउन ब्राजिल र भारत सहमत « Khabarhub

पाँच वर्षमा द्विपक्षीय व्यापार २० अर्ब डलर पुर्‍याउन ब्राजिल र भारत सहमत


३१ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी पाँच वर्षमा द्विपक्षीय व्यापार २० अर्ब डलर पुर्‍याउन ब्राजिल र भारत सहमत भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ब्राजिल भ्रमणका क्रममा यस्तो सहमति भएको हो ।

भारतीय विदेश मन्त्रालयले आगामी ५ वर्षमा द्विपक्षीय व्यापारलाई २० अर्ब डलर पुर्‍याउन प्रधानमन्त्री मोदी र ब्राजिलका राष्ट्रपति लुला डा सिल्भा सहमत भएको जनाएको छ । यस्तै दुई मुलुकबीच व्यापार, लगानी, वाणिज्यजस्ता विषयको निगरानी गर्नका लागि मन्त्रीस्तरीय संयन्त्र निर्माण गर्ने विषयमा पनि सहमती भएको छ ।

भारतीय समाचार संस्था एएनआईका अनुसार भेटवार्ताका क्रममा दुई नेताबीच सुरक्षा, कृषि, खाद्य, ऊर्जा, जलवायु परिवर्तन, आर्टिफिसियल इन्टिलिजेन्सजस्ता विषयमा छलफल भएको छ । ब्रिक्स सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री मोदी ब्राजिल पुगेका हुन् ।

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार  १ : ४६ बजे

बुटवलको जुत्ता पसलमा आगलागी

बुटवल- बुटवलको एक जुत्ता पसलमा शुक्रबार (फागुन २९) साँझ आगलागी

शुक्रबार झापामा सबैभन्दा बढी वर्षा

काठमाडौं- मौसम बदली कायम रहँदा शुक्रबार पनि देशका विभिन्न जिल्लामा

समानुपातिक सांसदको नाम टुंग्याउन रास्वपाले डाक्यो सचिवालय बैठक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक डाकेको

चुनावमा महावीरले बचाए २७ लाख रुपैयाँ

काठमाडौँ- नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो चुनावी अभियानबाट करिब

प्रधानमन्त्री कार्कीलाई भेटेपछि सुदनले भने : प्रत्येक मिनेट राष्ट्रका लागि महत्त्वपूर्ण छ

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुदन गुरुङले प्रधानमन्त्री