सङ्घीयता कार्यान्वयनमा पत्रकारको भूमिका महत्वपूर्ण : प्रदेशका सभामुख गुरुङ « Khabarhub

सङ्घीयता कार्यान्वयनमा पत्रकारको भूमिका महत्वपूर्ण : प्रदेशका सभामुख गुरुङ


३१ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कर्णाली– कर्णाली प्रदेशका सभामुख नन्दा गुरुङले सङ्घीयता कार्यान्वयनमा पत्रकारहरूको भूमिका महत्वपूर्ण रहेको बताएकी छन् ।

कर्णाली प्रदेशासभा सचिवालयद्वारा सुर्खेतको वीरेन्द्रनगरमा आज आयोजित ‘कानुन निर्माण र कार्यान्वयनमा मिडियाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा सभामुख गुरुङले समाजको ऐनाका रुपमा चित्रित सञ्चारकर्मीको जिम्मेवारपूर्ण कार्यले देशमा सुशासन कायम गर्न सघाउ पुग्ने विश्वास व्यक्त गरिन्।

‘सङ्घीय व्यवस्थाअनुसार तीन तहका सरकार छन्’ सभामुख गुरुङले भनिन्, ‘ती तीनै तहका सरकारले गरेका काम, सफल अभ्यास र कानुन कार्यान्वयनबारे नागरिकलाई सूचित गराउन यहाँहरूको जिम्मेवारी र जवाफदेही पत्रकारिता आवश्यक छ, जसले सार्वजनिक नेतृत्वमा रहेर काम गर्नेलाई दायित्व बोध गराइरहोस् ‘ ।

प्रदेश मामिला र सामाजिक विकास समितिका सभापतिद्वय कल्याणी खड्का र पूर्णबहादुर खत्रीले सार्वजनिक महत्व तथा नागरिक सरोकारका मुद्दा उठानमा पत्रकारको अहम् भूमिका रहेको बताए। पत्रकारको निष्पक्ष एवं तटस्थ पत्रकारिताले नागरिकदेखि सार्वजनिक पदमा रहेका सबैलाई जिम्मेवार बन्न सचेत गराउने भएकाले आफ्नो भूमिकामा अडिग भएर काम गर्न सभापतिद्वयले आग्रह गरे ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कर्णाली प्रदेशसभामा संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीले राज्य सञ्चालक, कानुन निर्माता र पत्रकार सबैको मूल कार्य नागरिकलाई सेवा दिनु, उनीहरूलाई सुशासनको प्रत्याभूति गराउनु र जिम्मेवारी नागरिक बन्न उत्प्रेरित गराएको बताए। 

अन्तरक्रियामा प्रदेश सचिवालयका सूचना अधिकारी राजेन्द्रप्रसाद पौडेलले प्रदेशसभा सचिवालयले हालसम्म गरेका कामकारवाही एवं त्यसको प्रगति र कानुन तथा विधेयक महाशाखाका कानुन उपसचिव अर्जुन भुसालले पत्रकारले सवाल उठान र न्यायिक क्षेत्रका गतिविधिलाई बाहिर ल्याउन सुझाउँदै हालसम्म बनेका कानुन र कार्यान्वयनको अवस्थाबारे आफ्नो प्रस्तुति राखे ।

प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकी र प्रवक्ता नेत्रबहादुर कार्कीले प्रदेशसभाका विषयगत समितिका गतिविधिमा पत्रकारको पहुँच नभएको भन्ने विषयमा ध्यानाकर्षण भएको र प्राप्त सुझावअनुसार काम गरिने बताए।

उक्त अन्तरक्रिया कार्यक्रममा पत्रकारहरूले प्रदेशसभाको काम, कर्तव्य र अधिकार, विषयगत समितिको कार्यसम्पादन, सरकारको कार्यशैली र त्यसमा सुधार गर्नुपर्ने पक्षका विषयमा सुझाव दिएका थिए । 
 

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार  १ : ५२ बजे

माग सम्बोधन नभएको भन्दै मिटरब्याज पीडितको जनकपुरदेखि काठमाडौंसम्म पैदल मार्च

जनकपुर- आफ्ना मागहरू बारम्बार बेवास्ता गरिएको भन्दै मिटरब्याज पीडितहरूले न्यायको माग

काभ्रेको नमोबुद्धमा खाद्य अनुगमन : सात व्यवसायीमाथि कारबाही, तीन लाख जरिवाना

काठमाडौं– काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकास्थित विभिन्न खाद्यान्न पसल, होटल, रेष्टुरेन्ट तथा

गगन थापाको चेतावनी- प्राथमिकता नतोकिएको संविधान संशोधनले देशलाई द्वन्द्वमा धकेल्न सक्छ

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले स्पष्ट प्राथमिकता र उद्देश्यबिना संविधान

‘नेपाल विशेष सेवा ऐनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको

सरकारी जग्गाको विवरण उपलब्ध गराउन मातहतका निकायलाई स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आफ्ना मातहतका सबै निकायलाई