इरानी राजदूत भन्छन्– भारतले क्षेत्रीय शान्ति प्रवर्द्धन गर्न थप भूमिका खेल्नुपर्छ « Khabarhub

इरानी राजदूत भन्छन्– भारतले क्षेत्रीय शान्ति प्रवर्द्धन गर्न थप भूमिका खेल्नुपर्छ


३१ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतका लागि इरानका राजदूतले भारतलाई क्षेत्रीय शान्ति प्रवर्द्धनका लागि थप भूमिका खेल्न आग्रह गरेका छन् । इरानी राजदूत इराज एलाहीले प्यालेस्टाइनी मामिलाबारे आयोजित सम्मेलनको साइडलाइनमा यस्तो आग्रह गरेका हुन् ।

भारतीय समाचार संस्था एएनआईसँगको कुराकानीका क्रममा उनले भारत ठूलो मुलुक भएकाले क्षेत्रीय स्थीरता र शान्तिका लागि थप प्रभावकारी भूमिका खेल्नुपर्ने बताएका हुन् । उनले अमेरिका र इजरायलले ठूलो षड्यन्त्र गरिरहेको पनि आरोप लगाए ।

ती मुलुकले अनेक योजना र गतिविधि सञ्चालन गरी पश्चिम एशियाको नक्सा नै परिवर्तन गर्न खोजेको पनि उनको आरोप छ ।

उनले अहिले गाजा क्षेत्रमा भइरहेको जातीय नरसंहार सारा मानवताका लागि लज्जाको विषय रहेको पनि टिप्पणी गरे ।

इजरायलसँग राम्रो सम्बन्ध भएका मुलुकले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई नरसंहार रोक्न लगाउनुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार  १ : ५९ बजे

बुटवलको जुत्ता पसलमा आगलागी

बुटवल- बुटवलको एक जुत्ता पसलमा शुक्रबार (फागुन २९) साँझ आगलागी

शुक्रबार झापामा सबैभन्दा बढी वर्षा

काठमाडौं- मौसम बदली कायम रहँदा शुक्रबार पनि देशका विभिन्न जिल्लामा

समानुपातिक सांसदको नाम टुंग्याउन रास्वपाले डाक्यो सचिवालय बैठक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक डाकेको

चुनावमा महावीरले बचाए २७ लाख रुपैयाँ

काठमाडौँ- नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो चुनावी अभियानबाट करिब

प्रधानमन्त्री कार्कीलाई भेटेपछि सुदनले भने : प्रत्येक मिनेट राष्ट्रका लागि महत्त्वपूर्ण छ

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुदन गुरुङले प्रधानमन्त्री