एमालेको निष्कर्ष- जनतासँग पार्टीको र कार्यकर्तासँग नेताको सम्बन्ध सुध्रिँदै गएको छ « Khabarhub

एमालेको निष्कर्ष- जनतासँग पार्टीको र कार्यकर्तासँग नेताको सम्बन्ध सुध्रिँदै गएको छ


३१ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख सत्तारुढ नेकपा (एमाले) ले जनतासँग पार्टी र कार्यकर्तासँग नेताको सम्बन्ध सुध्रिँदै गएको निष्कर्ष निकालेको छ ।

एमाले संगठन विभागको मंगलबार च्यासलमा बैठकले जरा केन्द्रित अभियानले आमकार्यकर्तालाई पनि चलायमान भएको निचोड निकालेको छ ।

संगठन विभागका सचिव माधव ढुंगेलले गत वर्ष माघदेखि चैतसम्म सञ्चालित वडाकेन्द्रित ‘पार्टी निर्माण अभियान (जरा अभियान)’का कारण गतिविधि बढेको बताएका छन् ।

स्थानीय पार्टी चलायमान भएको, मातहतका अधिकांश पार्टी कमिटीका अधिवेशन भएको, पार्टी सदस्यता नवीकरण र विस्तारमा उल्लेख्य प्रगति भएको जनाइएको छ ।

‘जनतासँग पार्टी नेता र कार्यकर्ताको सम्बन्धमा सुधार आएको, समय पुगेका जनसंगठनका महाधिवेशन र अधिवेशन भएका छन्। उनीहरू क्रमश: आफ्नो समुदायमा स्थापित हुँदै गएको देखिएको छ’ ढुंगेलले भनेका छन्, ‘जरा अभियानले जिम्मेवारी पाएका नेता कार्यकर्ताको सक्रियता बढाएको छ। यसले निर्णय कार्यान्वयनमा सुधार आएको छ ।’

एमालेले राजवादीको प्रतिगामी हर्कतले जरा अभियानमा निर्धारित काम हुन नसके पनि त्यसबेलाका कार्यभार निरन्तरता दिन सबै कमिटीलाई निर्देशन पनि दिएको छ ।

माघदेखि हालसम्म करिब ९८ प्रतिशत पालिका कमिटीका अधिवेशन, ८५ प्रतिशत वडाका अधिवेशन र करिब १७ हजारमध्ये १० हजार भन्दा बढी टोल कमिटी गठन गरिएको संगठन विभागले जनाएको छ ।

विभागले महाधिवेशन तथा अधिवेशनमा जिम्मेवारी नपाएका नेताहरूलाई अविलम्ब जिम्मेवारी दिन पार्टी नेतृत्वसँग अनुरोध गर्ने निर्णय पनि गरेको छ ।

‘जरा अभियान जस्तै अभियान लिएर जनताको घरघर सम्म पुग्ने र जनसेवाको कामलाई निरन्तरता दिनुपर्ने आवश्यकता महसुस गरिएको छ’, ढुंगेलले भनेका छन् ।

उनका अनुसार २३ वटा जनसंगठनका महाधिवेशन सम्पन्न भएका छन् । पार्टीका ७७ मध्ये ४९ जिल्लामा निर्वाचन र २८ वटामा सर्वसम्मत नेतृत्व चयन भएका छन् ।

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार  २ : ०२ बजे

निफले सक्यो प्रि-इभेन्टका कार्यक्रम

काठमाडौं – नवौँ संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं- जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै युवाहरूले शनिबार

निर्वाचनमा बालअधिकार उल्लङ्घन : अध्ययनले देखायो ३५० घटना

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा बालअधिकारसम्बन्धी निर्वाचन आचारसंहिता कार्यान्वयन

केरलामा बर्ड फ्लूको प्रकोप : हजारौँ चरा नष्ट गर्ने निर्णय

एजेन्सी– भारतको दक्षिणी राज्य केरलामा बर्ड फ्लू (एभियन इन्फ्लुएन्जा) फैलिएको

वाग्मती सफाइ : तीन मेट्रिकटन फोहर व्यवस्थापन

काठमाडौं–  ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ