एमालेको निष्कर्ष- जनतासँग पार्टीको र कार्यकर्तासँग नेताको सम्बन्ध सुध्रिँदै गएको छ « Khabarhub

एमालेको निष्कर्ष- जनतासँग पार्टीको र कार्यकर्तासँग नेताको सम्बन्ध सुध्रिँदै गएको छ


३१ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख सत्तारुढ नेकपा (एमाले) ले जनतासँग पार्टी र कार्यकर्तासँग नेताको सम्बन्ध सुध्रिँदै गएको निष्कर्ष निकालेको छ ।

एमाले संगठन विभागको मंगलबार च्यासलमा बैठकले जरा केन्द्रित अभियानले आमकार्यकर्तालाई पनि चलायमान भएको निचोड निकालेको छ ।

संगठन विभागका सचिव माधव ढुंगेलले गत वर्ष माघदेखि चैतसम्म सञ्चालित वडाकेन्द्रित ‘पार्टी निर्माण अभियान (जरा अभियान)’का कारण गतिविधि बढेको बताएका छन् ।

स्थानीय पार्टी चलायमान भएको, मातहतका अधिकांश पार्टी कमिटीका अधिवेशन भएको, पार्टी सदस्यता नवीकरण र विस्तारमा उल्लेख्य प्रगति भएको जनाइएको छ ।

‘जनतासँग पार्टी नेता र कार्यकर्ताको सम्बन्धमा सुधार आएको, समय पुगेका जनसंगठनका महाधिवेशन र अधिवेशन भएका छन्। उनीहरू क्रमश: आफ्नो समुदायमा स्थापित हुँदै गएको देखिएको छ’ ढुंगेलले भनेका छन्, ‘जरा अभियानले जिम्मेवारी पाएका नेता कार्यकर्ताको सक्रियता बढाएको छ। यसले निर्णय कार्यान्वयनमा सुधार आएको छ ।’

एमालेले राजवादीको प्रतिगामी हर्कतले जरा अभियानमा निर्धारित काम हुन नसके पनि त्यसबेलाका कार्यभार निरन्तरता दिन सबै कमिटीलाई निर्देशन पनि दिएको छ ।

माघदेखि हालसम्म करिब ९८ प्रतिशत पालिका कमिटीका अधिवेशन, ८५ प्रतिशत वडाका अधिवेशन र करिब १७ हजारमध्ये १० हजार भन्दा बढी टोल कमिटी गठन गरिएको संगठन विभागले जनाएको छ ।

विभागले महाधिवेशन तथा अधिवेशनमा जिम्मेवारी नपाएका नेताहरूलाई अविलम्ब जिम्मेवारी दिन पार्टी नेतृत्वसँग अनुरोध गर्ने निर्णय पनि गरेको छ ।

‘जरा अभियान जस्तै अभियान लिएर जनताको घरघर सम्म पुग्ने र जनसेवाको कामलाई निरन्तरता दिनुपर्ने आवश्यकता महसुस गरिएको छ’, ढुंगेलले भनेका छन् ।

उनका अनुसार २३ वटा जनसंगठनका महाधिवेशन सम्पन्न भएका छन् । पार्टीका ७७ मध्ये ४९ जिल्लामा निर्वाचन र २८ वटामा सर्वसम्मत नेतृत्व चयन भएका छन् ।

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार  २ : ०२ बजे

तनहुँ जिल्ला प्रशासनबाट तीन महिनामा ४३४ गुनासा फर्स्योट

तनहुँ– जिल्ला प्रशासन कार्यालयले तनहुँले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा

पोखरा महानगरले मुख्य सडक क्षेत्र वरपरका ‘वर्कसप’ हटाउँदै

कास्की– पोखरा महानगरपालिकाले मुख्य सडक किनारमा रहेका वर्कसप, ग्यारेजलगायत संरचना

बाढीले क्षति पुर्‍याएकाे तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै

काभ्रे– जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित बेथानचोक गाउँपालिका–१ च्याम्राङ्गबेँसीमा रहेको तीनतले

एमालेले आज एकैपटक देशभरका पार्टी कमिटीलाई ११औँ महाधिवेशनको सन्देश प्रवाह गर्दै 

काठमाडौं– नेकपा एमालेले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनको सन्देश देशैभर प्रवाह

दरवाङ–मुना–ढोरपाटन सडक : धारापानी–झिनडाँडा खण्ड अन्तिम चरणमा

म्याग्दी– म्याग्दीको दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका–७ धारापानी–ताकम–शिवाङ–झिनडाँडा खण्ड स्तरोन्नति