‘भिजिट भिसा’ र मन्त्रीको घूस प्रकरणबारे छानबिन गर्न माग « Khabarhub

‘भिजिट भिसा’ र मन्त्रीको घूस प्रकरणबारे छानबिन गर्न माग


३१ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  ‘भिजिट भिसा’ र मन्त्रीको घूस काण्डको अडियो टेप प्रकरणबारे छानबिन गरी दोषीलाई कारबाही गर्न सांसदहरुले माग गरेका छन् ।

सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको आजको बैठकको कारबाही सुरु गर्ने बित्तिकै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरुले उठेर विरोध जनाए । त्यसपछि सभामुख घिमिरेले रास्वपाका तर्फबाट निर्वाचित सांसद शिव नेपालीलाई समय दिए ।

 उनले अध्यागमन विभागबाट भएको मानव तस्करीबारे छानबिन गर्न माग गर्दै २०७८ माघ ११ गते तत्कालीन गृहमन्त्री बालकृष्ण खाँड नेतृत्वको टोलीले सार्वजनिक गरेको प्रतिवेदन कार्यान्वयन गर्न माग गरे ।

राप्रपाका सांसद ज्ञानबहादुर शाहीले विभिन्न प्रकरणमा मुछिएका मन्त्रीहरूले राजीनामा नदिए समस्या समाधान नहुने बताए। उनले मन्त्रीको श्रव्य सामग्री सार्वजनिक भएको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारबाहीको प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिए । 

उनले बोलिरहेका बेला नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट निर्वाचित सांसद सुनिता बरालले प्रधानमन्त्रीको नेतृत्वमाथि आरोप लगाएर बोलेको विषय संसद्को अभिलेखबाट हटाउन माग गरिन्। सभामुख घिमिरेले सांसदहरुले उठाएका विषयमा आफ्नो ध्यानाकर्षण भएको सदनलाई जानकारी गराए ।
 

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार  २ : २१ बजे

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको

विपद्पीडित बालबालिकाका लागि ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ घोषणा

काठमाडौं । सरकारले रसुवा– भोटेकोसी बाढीसहित विभिन्न समयमा आउने विपद्बाट