छाउगोठ भत्काउन अभियान थालौँ : सांसद चन्द « Khabarhub

छाउगोठ भत्काउन अभियान थालौँ : सांसद चन्द


३१ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की सांसद रेणु चन्दले छाउपडी प्रथाको अन्त्यका लागि छाउगोठ भत्काउने अभियान थाल्न आग्रह गरेकी छन् । उनले यसका लागि तीनै तहको सरकार, नागरिक समाज र सरोकारवाला सबैसँग अपिल गरेकी छन् ।

राष्ट्रियसभाको आजको बैठकमा आकस्मिक बैठकमा सांसद चन्दले छाउपडी प्रथालाई निरन्तरता  दिने व्यक्ति र जनप्रतिनिधिलाई राजनीतिक सदस्यता नदिन राजनीतिक दलहरूलाई आह्वान गरिन्। उनले छाउगोठमा मृत्यु भएकी २८ वर्षीया कमला आउजीप्रति श्रद्धाञ्जली अपर्ण गर्दै कुप्रथालाई निरन्तरता दिनेलाई कानुनी कारबाहीको दायरामा ल्याउन सभाअध्यक्षमार्फत सरकारसँग माग गरिन्।
    
कञ्चनपुरको कृष्णपुर नगपालिकामा छाउगोठमा सुतेका बेला सर्पले डसेर आउजीको मृत्यु भएको थियो ।

‘कानुनी रुपमा गोठ राख्न पाइन्छ कि पाइँदैन ? कसुरजन्य अपराधलाई प्रशय दिनेहरूलाई कानुनी दायरामा ल्याउनुपर्छ’, सांसद चन्दले भनिन्, ‘तीनै तहको सरकार पन्छिने, परिवार समाज पन्छिने अनि सबै दोष कुलदेवतालाई लगाउने ?’
 

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार  २ : ४८ बजे

लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग

गुल्मी – बेलायतको लन्डनस्थित पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिले नेपालका बाढीपीडितको

तमोर नदीमा बगेर एक किशोर बेपत्ता

तेह्रथुम – यहाँको म्याङलुङ नगरपालिका–१ लुमुघाट स्थित तमोर नदीमा नुहाउने

आजका समाचार : कांग्रेस महाधिवेशनको तयारी पूरा, नयाँ भवन ऐन संसदमा दर्ता, अर्थमन्त्री अमेरिकातिर र ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाहप्रधानमन्त्री वालेन्द्र शाहले

प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लैजान संयोजक दाहालको आह्वान

बनेपा (काभ्रे)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित

मुस्ताङ– राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक अवरुद्ध भएसँगै मुस्ताङमा पेट्रोलियम पदार्थ