बाँकेको राप्ती सोनारी क्षेत्रमा पुल निर्माण गर्न माग « Khabarhub

बाँकेको राप्ती सोनारी क्षेत्रमा पुल निर्माण गर्न माग


३१ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बाँके जिल्लाको दुर्गम क्षेत्रमा रहेका राप्ती सोनारी क्षेत्रमा तत्काल पुल निर्माण गर्न सांसद डा. चन्द्रकान्त भण्डारीले माग गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा उनले बाँकेको राप्ती सोनारी, डडुवा र नरैनापुर गाउँपालिका क्षेत्रका स्थानीयवासी डुङ्गा तरेर नदी पार गर्दा दुर्घटनामा पर्ने गरेकाले समस्या समाधान गर्न माग गरे ।

त्यस क्षेत्रका स्थानीयवासीको मुख्य पेसा कृषि भएको तर धान रोप्न जान नदी पार गर्न समस्या हुने गरेको, केही वर्षअघि डुङ्गा तर्दा १०० जनाको निधन भएकाले पुल बनाउन सरकारलाई रुलिङ गरिदिन सांसद भण्डारीले सभामुखसँग माग गरे ।

सांसद चन्द्रबहादुर विश्वकर्माले रुकुम जिल्लाको चौरजहारी नगरपालिकामा श्रीमानले श्रीमतीको हत्या गरेपछि अनाथ बनेका बालबालिकालाई प्रधानमन्त्रीको पहलमा राजधानी ल्याएर पठनपाठनको व्यवस्था गरिएको बताए। जातीय छुवाछूतको अन्त्यका लागि कानुन बने पनि त्यसको कार्यान्वयन हुन नसकेकाले यथाशीघ्र त्यसमा सुधार गरिनुपर्नेमा जोड दिए । 

सांसद रामप्रकाश चौधरीले अन्नको भण्डार मधेश प्रदेशमा अहिले पानी नपरेर समस्या भएकाले सरकारको नीति तथा कार्यक्रम एवं बजेटले समेटेर लैजान माग गरे ।

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार  २ : ५५ बजे

प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लैजान संयोजक दाहालको आह्वान

बनेपा (काभ्रे)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित

मुस्ताङ– राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक अवरुद्ध भएसँगै मुस्ताङमा पेट्रोलियम पदार्थ

बाढीमा मृत्यु तथा बेपत्ता राष्ट्रसेवकका परिवारलाई २५ हजार राहत

त्रिशूली – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीमा परी मृत्यु तथा

‘गगनले सकेनन्, कांग्रेसलाई एक बनाएर म देखाउँछु’

काठमाडौं- नेपाल विद्यार्थी संगठनका पूर्वअध्यक्ष एवम् नेपाली कांग्रेसका पूर्वमहामन्त्री किशोर

म्याग्दीका पहिरो प्रभावित क्षेत्रमा भूगर्भविद्को अध्ययन सुरु

म्याग्दी– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक