तस्बिरमा हेर्नुहोस् : नाटक 'चन्द्रलाई कसले मार्‍यो' ? | Khabarhub Khabarhub

तस्बिरमा हेर्नुहोस् : नाटक ‘चन्द्रलाई कसले मार्‍यो’ ?


३१ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– म त दर्शक थिएँ, पहिलो सिटमा बसेर नाटक हेर्दै थिएँ, तर म त्यहाँ बसिरहेको एउटा साधारण दर्शक थिएन रहेछु । म भित्रैबाट कामिरहेकी थिएँ, आँखा रसाइरहेका थिए, मन भक्कानिएको थियो। कारण थियो- ‘चन्द्रलाई कसले मार्‍यो ?’

मण्डला थिएटरमा मञ्चन भइरहेको यो नाटकले केवल एक पात्रको मृत्युको कथा मात्र होइन, समाजले हेर्ने दृष्टिकोण, कानुनी बेवास्ता, पारिवारिक अपेक्षा, आत्मप्रतिविम्ब, मानसिक स्वास्थ्य र समलिङ्गिक सम्बन्धजस्ता गहिरा प्रश्नहरू उठाउँछ। 

‘नथिङ अवाउट अस, उइथआउट अस’ भन्ने मूल सन्देश बोकेको यो नाटक, बहिरा समुदायको आवाज होइन, उनीहरूकै स्वर हो ।  

चन्द्रको मृत्यु : एक नदेखिएको आत्महत्या

सन् १९९७ मा भएको चन्द्र सिंहको रहस्यमय मृत्युलाई नाटकको केन्द्र बनाइएको छ । त्यो मृत्यु केवल चन्द्रको थिएन-त्यो एक मौन मृत्यु थियो, जुन राज्य, समाज, परिवार, आफन्त सबैको चुप्पीले निम्त्याएको थियो ।

नाटकमा देखाइएका तीन भिन्न सपना-तीन दृश्य, तर एउटै पात्रहरूले खेलिएका-हाम्रा अवचेतनहरू र अतीतसँगको द्वन्द्वलाई देखाउँछ। हामी कसरी निरन्तर अघिल्लो चोटमा बाँधिरहन्छौं र त्यो बिर्सन नसक्ने पिडा हामीलाई कतै अर्कै दिशातिर लैजान्छ ।

थ्रीलरको शैलीमा मानसिक अवस्थाको चित्रण

नाटकले थ्रीलरको प्रभावमा मनोवैज्ञानिक अवस्थाहरू देखाउँछ । सुसाइडले पन्छिन खोजिएको पिडा, बेवास्ता, आत्मग्लानि, डर, रिस, लाज र शङ्काहरू सबै पात्रमा देखिन्छन् । परिवारको अपेक्षा र आफैँप्रतिको असन्तुष्टि मिलेर एउटा गहिरो मानसिक उथलपुथल जन्माउँछ । यस्तो संवेदनशील विषयमा एलजीबीटीक्यू+ सम्बन्ध, आत्महत्या, डिप्रेशन, ट्राउमा, अनचाहिँएको प्रेम, धोका, र समाजका लिङ्गीय नियमहरू यति सजीव ढंगले उठाइएका छन् कि दर्शकले कतै न कतै आफूलाई त्यहाँ भेट्छ ।

बहिरा समुदायको ‘स्वर’

नाटकमा बहिरा कलाकारहरूको सक्रिय सहभागिता छ । संवाद मात्र बोलिने भाषा होइन, यहाँ संकेत भाषा, शरीरको हाउभाउ, संगीत र प्रकाश संयोजन सबै बोल्छन् । 

नाटक हेरेपछि बुझिन्छ-वास्तविक समावेशिता भनेको केवल उनीहरूलाई दर्शक बनाउनु होइन, कलाकार बनाउनु हो। ‘हाम्राबारे हामीबिनाको निर्णय होइन’ भन्ने अन्तर्राष्ट्रिय नारालाई नाटकले गहिराइमा पुर्‍याएको छ।

प्रेम र पीडा : एउटै सिक्काका दुई पाटो

प्रेमले आशा दिन्छ, तर कहिलेकाहीँ घात पनि गर्छ। पात्रहरू बीचको सम्बन्धमा देखिएको चाहना र धोकाले दर्शकलाई भावनात्मक रूपमा हल्लाउँछ। नाटकभित्रको भयानक संगीत संयोजन, आँसु झार्ने दृश्यहरू र तीव्र संवादहरू दर्शकलाई रोइरहन बाध्य पार्छन्। मलाई व्यक्तिगत रूपमा नाटकले यति छोयो कि आँखा रसाए, मन सुन्नियो।

निष्कर्ष : मौनता बोल्न थाल्दा

‘चन्द्रलाई कसले मार्‍यो?’ भन्ने प्रश्न एउटा पात्रसँग मात्र होइन, हामी सबैसँग गरिएको प्रश्न हो। यदि हामी समाजका नियम, कानुनी अन्याय, लिङ्गीय भेदभाव र मौन पीडाहरूप्रति चुप छौं भने हामी पनि चन्द्रको मृत्युमा सहभागी हौँ। यो नाटक नहेरेर बस्नु, एउटा महत्त्वपूर्ण सामाजिक बहसबाट टाढा बस्नु हो । यदि तपाईंले कहिल्यै सोध्नुभएको छैन भने ‘किन मानिसहरू चुप लाग्छन्?’ यो नाटक त्यो उत्तर हो।

तस्बिरहरू :

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार  ३ : ३९ बजे

दाङमा टिपर र मोटरसाइकल एकापसमा ठोक्किँदा एकको मृत्यु

देउखुरी– दाङमा टिपर र मोटरसाइकल एक-आपसमा ठोक्किँदा एकको मृत्यु भएको

भारतले गर्‍यो हवाई प्रतिरक्षा प्रणालीको सफल परीक्षण

एजेन्सी – भारतले हवाई प्रतिरक्षा प्रणालीको सफल परीक्षण गरेको छ

उत्तर कोरियाद्वारा दुई हवाई प्रतिरोधी क्षेप्यास्त्र परीक्षण

सियोल- उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले दुई नयाँ

मुग्लिन-पोखरा सडक : पूर्वी खण्डको म्याद चौथो पटक थपियो

दमौली– मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) को चौथो पटक म्याद

५६ वर्षअघि निर्माण गरिएको गुर्गी सिँचाइ आयोजना अलपत्र

कैलाली– कैलालीको कैलारी गाउँपालिका–२ कुकुरभुक्कामा झण्डै ५६ वर्षअघि निर्माण गरिएको