गरिबी र असमानता अन्त्यका लागि भूमिको अधिकार आवश्यक : मुख्यमन्त्री कँडेल | Khabarhub Khabarhub

गरिबी र असमानता अन्त्यका लागि भूमिको अधिकार आवश्यक : मुख्यमन्त्री कँडेल


३१ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अव्यवस्थित बसोबास, गरिबी र सामाजिक असमानता अन्त्य गर्नका लागि भूमिको स्वामित्व हुनु आवश्यक भएको बताएका छन् । 

मंगलबार चौकुने गाउँपालिका वडा नं. ७ र ८ का एक सय चार जना भूमिहीन नागरिकलाई जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले जो व्यक्तिसँग जग्गा छैन, उसले स्थायित्व, सुरक्षा र आत्मसम्मान महसुस गर्न नसक्ने बताएका हुन् । 

‘त्यसैले सरकार सबै नागरिकलाई जग्गाधनी बनाउने अभियानमा लागेका छ,’ उनले भने, ‘भूमिहीन तथा अव्यवस्थित रूपमा बसोबास गर्दै आएका परिवारलाई सम्मानपूर्वक बाँच्न सहयोग पुग्ने गरी सरकारले नीति र कार्यक्रम अघि सारेको छ ।’

मुख्यमन्त्री कँडेलले आगामी दिनमा बाँकी रहेका भूमिहीन र सुकुम्बासी परिवारलाई समेत न्याय सुनिश्चित गर्दै प्रमाणपुर्जा वितरणको कार्यलाई तीव्रता दिने बताए । ‘हामी सामाजिक न्याय र समावेशितालाई व्यवहारमा उतार्न चाहन्छौँ,’ उनले भने,‘त्यसका लागि भूमिको स्वामित्व अनिवार्य छ ।’

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार  ३ : ४९ बजे

प्रचण्डसहित १९ माओवादी नेताका घर ध्वस्त

काठमाडौँ – भ्रष्टाचार र बेथितिविरूद्व जेन–जी पुस्ताले सुरू गरेको आन्दोलन

प्रधानमन्त्री कार्कीलाई युनुसको शुभकामना

काठमाडौं– बङ्गलादेश सरकारका प्रमुख सल्लाहकार प्राध्यापक मोहम्मद युनुसले सुशीला कार्की

रूसको क्यामचाट्कामा ७.४ म्याग्निच्युडको भूकम्प

मस्को– रूसको क्यामचाट्का प्रायद्वीपको तटमा ७.४ म्याग्निच्युडको भूकम्प गएको छ

विभिन्न मन्त्रालयमा तोडफोड र आगजनीपछि क्षति विवरण संकलन सुरु

काठमाडौं – जेन-जी प्रदर्शनबाट तोडफोड र आगजनी भएका प्रधानमन्त्री कार्यालय

हेटौँडामा जनजीवन सामान्य बन्दै

बागमती– स्थानीय प्रशासनले निषेधाज्ञा र कर्फ्यु हटाएपछि आज बिहानबाटै हेटौँडालगायत