विद्या भण्डारीले भनिन्- एमालेमा मेरो जिम्मेवारीबारे केन्द्रीय कमिटीले निर्णय गर्छ   « Khabarhub

विद्या भण्डारीले भनिन्- एमालेमा मेरो जिम्मेवारीबारे केन्द्रीय कमिटीले निर्णय गर्छ  


३१ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेमा आफ्नो जिम्मेवारीका बारेमा केन्द्रीय कमिटीले निर्णय गर्ने बताएकी छन् ।

मदन भण्डारीको ७५ औं जन्मजयन्तीका मनाउने सन्दर्भमा मदन भण्डारी फाउण्डेशनले मंगलबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा भण्डारीले एमालेको राजनीतिमा सक्रिय भएर आफूले देशको सेवा गर्ने भन्दै आफ्नो भूमिकाका बारे एमाले केन्द्रीय कमिटीले निर्णय गर्ने बताएकी हुन् । 

महाधिवेशन अघि केन्द्रीय कमिटी नै माथिल्लो निकाय भएकाले एमालेमा आफ्नो कुन संरचनामा के भूमिका हुने भन्ने कुरा माथिल्लो तहको नेतृत्वले निर्णय गर्ने उनले बताइन् ।

त्यस्तै भण्डारीले विधान महाधिवेशनमा सन्दर्भमा दसौँ महाधिवेशनका प्रतिनिधिहरूले नै भाग लिने भए पनि नयाँ सदस्य समेत थपिएकाले यस बारेमा पनि पार्टी केन्द्रीय कमिटीले नै निर्णय लिने जिकिर गरिन् ।

पूर्वराष्ट्रपति भण्डारीले संसद् विघटनको घटनाले आफूलाई पछ्याइरहने बारे आफू जानकार रहेको जिकिर गरिन् ।

संसद् विघटनको घटनाले आफूलाई कुनै दबाब भन्दा पनि मन्त्रिपरिषद्ले निर्णय गरेर आएको कुरालाई कार्यान्वयन मात्र गरेको उनले स्पष्ट पारिन् ।  

मदन भण्डारी फाउण्डेशनले मदन भण्डारीको जन्मजयन्ती मनाउन पूर्वराष्ट्रपति भण्डारीको संरक्षकत्वमा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलको संयोजकत्वमा मूल व्यवस्थापन समिति गठन भएको जानकारी दिएको छ । 

बिचार गोष्ठी, वादविवाद, हाजिरी जवाफ, खेलकुद प्रतियोगिता लगायतका रचनात्मक क्रियाकलापका साथ मदन भण्डारीको जन्मजयन्तीलाई २०८२ र २०८३ सालभरी मनाइने फाउण्डेशनले जनाएको छ । 

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार  ५ : १२ बजे

रास्वपाले मोदीलाई लेखेको भनिएको पत्र भाइरल, शिशिर खनाल भन्छन् – यो ‘फेक’ हो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ गतेको चुनावअघि

आईसीसी लिग-२ को तयारीका लागि २० खेलाडी छनोट

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी विश्वकप लिग–२ को

गृहमन्त्री अर्यालद्वारा विभिन्न जिल्लाका मतदानस्थलको अनुगमन

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले आसन्न प्रतिनिधिसभा निर्वाचनको तयारी र

प्रतिनिधिसभा निर्वाचन : आयोगको ‘कल सेन्टर’मार्फत चार हजार बढी जिज्ञासा सम्बोधन

काठमाडौं – निर्वाचन आयोगले आममतदाता तथा सरोकार भएकाहरूको निर्वाचनसँग सम्बन्धित

निर्वाचनलाई निष्पक्ष, भयरहित वातावरणमा सम्पन्न गराउन निर्देशन

गण्डकी – गृहसचिव राजकुमार श्रेष्ठले निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा