भक्तपुर मालपोतका प्रमुख साढे २४ लाख घुससहित समातिए, अन्य कर्मचारी पनि पक्राउ « Khabarhub

अख्तियारको स्टिङ अपरेशन

भक्तपुर मालपोतका प्रमुख साढे २४ लाख घुससहित समातिए, अन्य कर्मचारी पनि पक्राउ


३१ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरका प्रमुख मालपोत अधिकृत कुमार आचार्य २४ लाख ५० हजार रूपैयाँ घुससहित पक्राउ परेका छन् ।

उनीसँगै कार्यालय सहयोगी टीकाराम राउतलाई पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उक्त परिमाणको घुस रकमसहित मंगलबार दिउँसो पक्राउ गरेको हो ।

उनीहरूले चाँगुनारायण नगरपालिकास्थित १४ रोपनी ४ आना जग्गा मोही र तलसिङको लगतकट्टाको फाइल रोकेर घुस मागेको अख्तियारले जनाएको छ । त्यसपछि अख्तियारको टोली स्टिङ अप्रेसनका लागि भक्तपुर मालपोत पुगेको थियो ।

आचार्यले कार्यालय सहयोगी राउतमार्फत् जग्गाको लगत कट्टाका लागि उक्त घुस रकम लिएको खुलेको छ । उनीहरूलाई अख्तियारको केन्द्रीय कार्यालय टंगालबाट खटिएको टोलीले मालपोत परिसरबाटै घुस लिएको रकमसहित समातेको हो ।

उक्त घुस रकम कार्यालय सहयोगी राउतबाट बरामद भएको हो । कार्यालय प्रमुख आचार्य पक्राउ परेको पुष्टि अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले खबरहबलाई गरेका छन् ।

‘कार्यालय प्रमुख आचार्य र सहयोगी पक्राउ परेका छन् । यसमा घुस लिनेहरू अन्य पनि थपिन सक्छन्’, उनले भने, ‘अख्तियारको टोलीले मुचुल्का उठाइरहेको छ । अन्य थप विवरण पक्राउ परेकाहरूलाई कार्यालयमा ल्याएसँगै थाहा हुनेछ।’

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार  ५ : ४७ बजे

कक्षा १२ को परीक्षा आवेदन फाराम खुला

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले २०८३ सालमा सञ्चालन हुने कक्षा १२

२८ खर्ब नजिक पुग्यो नेपालको सार्वजनिक ऋण

काठमाडौं– नेपालको सार्वजनिक ऋण २८ खर्ब नजिक पुगेको छ ।

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला २ लाख ६७ हजार बढीमा कारोबार

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

माघको अन्तिम सातादेखि एचपिभी खोप लगाइँदै

काठमाडौं – सरकारले माघको अन्तिम सातादेखि देशभर पाठेघर क्यान्सर विरुद्धको

वीरगञ्ज नाका हुँदै पाँच महिनामा तीन खर्ब ५९ अर्बका सामान भित्रियो

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष (आव)को पाँच महिनामा