काठमाडौं गोर्खाज र वर्ल्डलिंकबीच शीर्ष प्रायोजन सम्झौता सम्पन्न, दोस्रो सिजनमा एनपीएलका लागि साझेदारी घोषणा « Khabarhub

काठमाडौं गोर्खाज र वर्ल्डलिंकबीच शीर्ष प्रायोजन सम्झौता सम्पन्न, दोस्रो सिजनमा एनपीएलका लागि साझेदारी घोषणा


३१ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि काठमाडौं गोर्खाज क्रिकेट टोलीको शीर्ष प्रायोजक ( टाइटल स्पोन्सर) बन्ने घोषणा गरिएको छ ।

सम्झौता पत्रमा वर्ल्डलिंकका कार्यकारी निर्देशक मनोज कुमार अग्रवाल र काठमाडौं गोर्खाजका प्रबन्ध निर्देशक अनुभव स्वाँर सिरोहियाबीच हस्ताक्षर गरिएको हो ।

सम्झौता कार्यक्रममा बोल्दै मनोज कुमार अग्रवालले भने, ‘हाल नेपालमा क्रिकेट सबैभन्दा लोकप्रिय खेल हो र यसले सबै उमेर समूहका मानिसलाई जोडेको छ । हामी वर्ल्डलिंकले लामो समयदेखि ग्रासरुट तहमा क्रिकेटको समर्थन गर्दै आएका छौँ । अब काठमाडौं  गोर्खाजमार्फत त्यो साथ अझ व्यावसायिक तहमा विस्तार गर्ने अवसर पाएका छौँ।’

काठमाडौं गोर्खाजका कार्यकारी निर्देशक अनुभव स्वाँर सिरोहियाले भने, ‘यस साझेदारीसँगै हामीले प्रतियोगितामा नयाँ लक्ष्यहरू तय गरेका छौँ र तयारी तीव्र रूपमा अगाडि बढिरहेको छ।’ 

आगामी सिजनका लागि काठमाडौं गोरखाजले नेपाल राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रमुख प्रशिक्षक मोन्टी देसाईलाई मुख्य प्रशिक्षकका रूपमा नियुक्त गरिसकेको छ । साथै, टोलीले करण केसी (मार्की खेलाडी) सहित भिम सार्की, साहब आलम, रसिद खान, दिपेश कँडेल र प्रतीक श्रेष्ठलाई रिटेन गरेको छ।

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार  ५ : ५० बजे

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष

बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई निवेदन दिन आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारले आफ्नो नाम फिर्ता

एल क्लासिको : बार्सिलोना र रियल मड्रिड भिड्दै

काठमाडौं – विश्व फुटबलकै सबैभन्दा चर्चित प्रतिस्पर्धा एल क्लासिको अन्तर्गत

सबैलाई शुभकामना, हामी आउँदैछौँ : बालेन

काठमाडौँ – काठमाडौँ महागनरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आफूहरू आउँदै

कांग्रेस विशेष महाधिवेशनमा तन्नेरी आवाज : पार्टीमा अब नयाँ नेतृत्व

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पहिलो दिन भृकुटीमण्डपमा देशधरबाट