काठमाडौं गोर्खाज र वर्ल्डलिंकबीच शीर्ष प्रायोजन सम्झौता सम्पन्न, दोस्रो सिजनमा एनपीएलका लागि साझेदारी घोषणा « Khabarhub

काठमाडौं गोर्खाज र वर्ल्डलिंकबीच शीर्ष प्रायोजन सम्झौता सम्पन्न, दोस्रो सिजनमा एनपीएलका लागि साझेदारी घोषणा


३१ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि काठमाडौं गोर्खाज क्रिकेट टोलीको शीर्ष प्रायोजक ( टाइटल स्पोन्सर) बन्ने घोषणा गरिएको छ ।

सम्झौता पत्रमा वर्ल्डलिंकका कार्यकारी निर्देशक मनोज कुमार अग्रवाल र काठमाडौं गोर्खाजका प्रबन्ध निर्देशक अनुभव स्वाँर सिरोहियाबीच हस्ताक्षर गरिएको हो ।

सम्झौता कार्यक्रममा बोल्दै मनोज कुमार अग्रवालले भने, ‘हाल नेपालमा क्रिकेट सबैभन्दा लोकप्रिय खेल हो र यसले सबै उमेर समूहका मानिसलाई जोडेको छ । हामी वर्ल्डलिंकले लामो समयदेखि ग्रासरुट तहमा क्रिकेटको समर्थन गर्दै आएका छौँ । अब काठमाडौं  गोर्खाजमार्फत त्यो साथ अझ व्यावसायिक तहमा विस्तार गर्ने अवसर पाएका छौँ।’

काठमाडौं गोर्खाजका कार्यकारी निर्देशक अनुभव स्वाँर सिरोहियाले भने, ‘यस साझेदारीसँगै हामीले प्रतियोगितामा नयाँ लक्ष्यहरू तय गरेका छौँ र तयारी तीव्र रूपमा अगाडि बढिरहेको छ।’ 

आगामी सिजनका लागि काठमाडौं गोरखाजले नेपाल राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रमुख प्रशिक्षक मोन्टी देसाईलाई मुख्य प्रशिक्षकका रूपमा नियुक्त गरिसकेको छ । साथै, टोलीले करण केसी (मार्की खेलाडी) सहित भिम सार्की, साहब आलम, रसिद खान, दिपेश कँडेल र प्रतीक श्रेष्ठलाई रिटेन गरेको छ।

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार  ५ : ५० बजे

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

तनहुँ– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २२ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २२ गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २२ गते बिहीबार सन्