झापा प्रशासनको सार्वजनिक सुनुवाइ : जनगुनासो सुधार्ने प्रतिबद्धता « Khabarhub

झापा प्रशासनको सार्वजनिक सुनुवाइ : जनगुनासो सुधार्ने प्रतिबद्धता


३१ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

भद्रपुर– जिल्लामा सुशासन, पारदर्शीता र जवाफदेहिताको अभिवृद्धि गर्न जिल्ला प्रशासन कार्यालय झापाले आज आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा जनताका गुनासालाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । 

सदरमुकाम चन्द्रगढीमा सम्पन्न कार्यक्रममा जिल्लाभित्रका प्रमुख सेवा प्रदायक सरकारी कार्यालय प्रमुखहरूले जनताका गुनासा यथासक्य चाँडो सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । कार्यक्रममा सहभागी स्थानीय नागरिक, सरोकारवाला र सेवाग्राहीले प्रशासनसँग प्रत्यक्ष संवाद गर्दै विभिन्न गम्भीर समस्या र गुनासो प्रस्तुत गरेका छन् । 

सुनुवाइमा उठाइएका प्रमुख विषयमा लागूऔषध दुर्व्यसन तथा कारोबार, विर्तामोड–चन्द्रगढी सडक निर्माणमा भइरहेको ढिलाइ, मालपोत तथा नापी कार्यालयमा विचौलियाको बिगबिगी र कर्मचारीको भ्रष्ट मनोवृत्ति, गर्मी बढेपछि नियमित विद्युत् आपूर्तिमा अवरोध, चन्द्रगढी बजार क्षेत्रमा पार्किङ अव्यवस्था र किसानलाई मल, बीउ र उत्पादनको उचित मूल्य नपाउनुलगायत विषय रहेका थिए । 

सुनुवाइका क्रममा उठेका सवालमा सम्बन्धित निकायका प्रमुखहरूले प्रत्यक्ष जवाफ दिएका थिए । उनीहरूले जनगुनासो गम्भीर भएको स्वीकार गर्दै आवश्यक सुधारका प्रतिबद्धता जनाएका छन ।

प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले सेवा प्रवाहमा उत्तरदायी र पारदर्शिता कायम गर्न यस्तो सुनुवाइ कार्यक्रमले सहयोग पुग्ने उल्लेख गरे। 

उनले नागरिकबाट उठेका सवालका आधारमा समस्याको समाधान खोजिने र जिल्लाका सबै सरकारी निकायलाई जवाफदेही बनाउने दिशामा प्रशासन प्रतिबद्ध रहेको स्पष्ट पारे । कार्यक्रममा नागरिक समाज, व्यवसायी, स्थानीय जनता, पत्रकार र अन्य सरोकारवालाको सहभागिता रहेको थियो ।
 

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार  ५ : ५४ बजे

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको

विपद्पीडित बालबालिकाका लागि ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ घोषणा

काठमाडौं । सरकारले रसुवा– भोटेकोसी बाढीसहित विभिन्न समयमा आउने विपद्बाट