गण्डकीमा ७१ प्रतिशत रोपाइँ | Khabarhub Khabarhub

गण्डकीमा ७१ प्रतिशत रोपाइँ


३१ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गण्डकी– गत आइतबार सम्ममा गण्डकी प्रदेशमा ७१ दशमलव ०३ प्रतिशत रोपाइँ भएको छ । प्रदेश कृषि विकास निर्देशनालयका अनुसार ६६ हजार नौ सय हेक्टरमा रोपाइँ भइसकेको छ ।

सबैभन्दा बढी लमजुङमा ८६ दशमलब २२ प्रतिशत, कास्कीमा ७७ दशमलब ०७ प्रतिशत, नवलपुरमा ७५ दशमलब ३९ प्रतिशत, तनहुँमा ७४ दशमलब ५९ प्रतिशत, बागलुङमा ६७ दशमलब ०२ प्रतिशत, म्याग्दीमा ६५ दशमलब ६९ प्रतिशत, स्याङ्जामा ६२ प्रतिशत, गोरखामा ६१ दशममा २४ र पर्वतमा ६० प्रतिशत रोपाइँ भएको हो ।  

यही असार १५ सम्ममा प्रदेशमा जम्मा २८ प्रतिशत रोपाइँ भएकामा त्यसयता नियमित वर्षा भएपछि दुई सातामै ७१ प्रतिशत पुगेको निर्देशनालयका कृषि अर्थ विज्ञ मनोज पौडेलले बताए। साउन पहिलो हप्तासम्ममा अधिकांश क्षेत्रको रोपाइँ सकिने उनको भनाइ छ । हिमालपारिको जिल्ला मुस्ताङ र मनाङबाहेक प्रदेशका नौ जिल्लामा धान खेती हुँदै आएको छ । 

यस वर्ष ९४ हजार एक सय ८२ हेक्टर क्षेत्रफलमा धान खेती हुने अनुमान गरिएको निर्देशनालयले जनाएको छ । गत वर्ष ९६ हजार ५३ हेक्टर र आव २०७९र८० मा ९७ हजार सात सय ६९ हेक्टरमा धान खेती गरिएको थियो । यसले पछिल्लो समय धान खेतीको क्षेत्रफल घट्दै गएको देखाउँछ । घरघडेरीले धानको उब्जाउ क्षेत्र नासिनु, तीब्र सहरीकरणजस्ता कारणले धान खेतीको क्षेत्रफल खुम्चँदै गएको हो । 

क्षेत्रफल घटेपनि सिँचाइ, खेती प्रणालीमा सुधार, रोगकीरा नियन्त्रण, उन्नत बिउ, प्रविधि र मल व्यवस्थापन बेलैमा हुन सके धानको उत्पादकत्व बढ्ने कृषि अर्थ विज्ञ पौडेलले बताए । प्रदेशको कूल चार लाख ७९ हजार छ सय १७ हेक्टर खेतीयोग्य जमिनमध्ये बर्खे र चैते गरी झण्डै एक लाख हेक्टरमा धान खेती हुने गरेको छ ।

नवलपुर, कास्की, स्याङ्जा, तनहुँलगायत जिल्लामा धान खेतीको क्षेत्रफल बढी छ । गोरखाको छेवेटार, पालुङटार, आरुघाट, सिरानचोक, लमजुङमा धमिलीकुवा, हर्राबोट, भोर्लेटार, करापुटार, तनहुँको चुँदीफाँट, सत्रसय फाँट, कलेस्तीफाँट, कास्कीको मकैखोला, हाँडीखोला, पामे र लेखनाथ धानको पकेट क्षेत्र हुन् । 

पर्वतको फलेबास, जलजला, स्याङ्जाको पुतलीबजार, आँधीखोला, गल्याङ, म्याग्दीको भगवती, पिप्ले, घतान, बागलुङको बडिगाड, गलकोट, जैमिनी र नवलपुरको कावासोती, गैँडाकोटलगायतलाई धानका पकेट क्षेत्र तोकिएको छ । गण्डकीमा सावित्री, रामधान, जेठोबुढो, खुमल, सुक्खा, एक्ले, पहेँले, गौरिया, मनुसली, सुनौलो सुगन्धलगायत जातका धान खेती गरिन्छ ।

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार  ७ : १३ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग