भोजपुरको अरुण गाउँपालिकामा बहुउद्देश्यीय प्रतिष्ठान भवनको शिलान्यास « Khabarhub

भोजपुरको अरुण गाउँपालिकामा बहुउद्देश्यीय प्रतिष्ठान भवनको शिलान्यास


३१ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं— भोजपुरको अरुण गाउँपालिकामा भारत सरकारको सहयोगमा निर्माण हुने ‘अरुण बहुउद्देश्यीय प्रतिष्ठान भवन’को मंगलबार शिलान्यास गरिएको छ।

गाउँपालिकाका अध्यक्ष शालिकराम खत्री र नेपालस्थित भारतीय राजदूतावासका काउन्सलर अविनाश कुमार सिंहले संयुक्त रूपमा शिलान्यास गरेका हुन्।

कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, सरकारी अधिकारी र स्थानीय समाजसेवीहरू उपस्थित थिए ।

भारत सरकारको ‘नेपाल–भारत विकास सहकार्य’ कार्यक्रमअन्तर्गत करीब ३ करोड १८ लाख नेपाली रुपैयाँको लागतमा उक्त तीन तले भवन बन्न लागेको हो ।

उक्त भवनमा कक्षा कोठा, शिक्षक कक्ष, कार्यक्रम हल, बैठक कक्ष, छात्र तथा छात्राहरूका लागि छुट्टाछुट्टै शौचालय लगायत संरचना रहनेछन्। यो परियोजना उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा कार्यान्वयन गरिनेछ।

कार्यक्रममा वक्ताहरूले भारत सरकारद्वारा नेपालमा दिइँदै आएको विकास सहयोगको प्रशंसा गर्दै उक्त परियोजनाले भोजपुर क्षेत्रको शैक्षिक र सांस्कृतिक पूर्वाधार सुदृढीकरणमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरे।

सन् २००३ यता भारत सरकारले नेपालभर ५७० भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू अघि बढाएको छ, जसमध्ये ९३ परियोजना कोशी प्रदेशमा परेका छन्।

यसबाहेक भारतले नेपालभरका स्वास्थ्य र शैक्षिक संस्थाहरुलाई १०४९ वटा एम्बुलेन्स र ३०० वटा स्कुल बस उपहारस्वरूप प्रदान गरिसकेको छ। भोजपुर जिल्लाले ७ वटा एम्बुलेन्स र एकवटा स्कुल बस प्राप्त गरिसकेको छ।

नजिकको छिमेकी भएको नाताले भारत–नेपालबीचको विकास सहकार्य गहिरो र बहुआयामिक छ। उच्च प्रभाव परियोजनाहरूले नेपाल सरकारका प्राथमिकताका क्षेत्रमा टेवा दिन भारत सधैँ तयार रहेको दूतावासले जनाएको छ ।

उक्त भवन निर्माण सम्पन्न भएपछि अरुण गाउँपालिकामा सामाजिक, शैक्षिक तथा सांस्कृतिक गतिविधिहरू थप सशक्त हुने विश्वास गरिएको छ।

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार  ७ : २६ बजे

कक्षा १२ को परीक्षा आवेदन फाराम खुला

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले २०८३ सालमा सञ्चालन हुने कक्षा १२

२८ खर्ब नजिक पुग्यो नेपालको सार्वजनिक ऋण

काठमाडौं– नेपालको सार्वजनिक ऋण २८ खर्ब नजिक पुगेको छ ।

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला २ लाख ६७ हजार बढीमा कारोबार

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

माघको अन्तिम सातादेखि एचपिभी खोप लगाइँदै

काठमाडौं – सरकारले माघको अन्तिम सातादेखि देशभर पाठेघर क्यान्सर विरुद्धको

वीरगञ्ज नाका हुँदै पाँच महिनामा तीन खर्ब ५९ अर्बका सामान भित्रियो

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष (आव)को पाँच महिनामा