घुस मागेको उजुरी परेपछि भक्तपुर मालपोतमा छिरेको थियो अख्तियार | Khabarhub Khabarhub

घुस मागेको उजुरी परेपछि भक्तपुर मालपोतमा छिरेको थियो अख्तियार


३१ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मोहीको नाममा जग्गाको पुर्जा बनाइदिने भन्दै घुस मागेको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली टंगालबार मंगलबार दिउँसो भक्तपुरको च्यामासिङस्थित भूमि सुधार तथा मालपोत कार्यालयमा स्टिङ अपरेशनका लागि छिर्‍यो ।

उजुरी परिसकेकाले सेवाग्राहीले घुसवापद् दिने ठूलो परिमाणको रकमको विवरणसमेत लिएर स्टिङ अपरेशनका लागि पुगेको अख्तियारको टोलीले भक्तपुर मालपोत कार्यालयमा प्रमुख कुमार आचार्यलाई नै पक्राउ गर्न सफल भयो ।

उनीसहित उक्त मालपोतमा कार्यरत तीनजना कर्मचारीलाई २४ लाख ५० हजार रुपैयाँ घुससहित रंगेहात नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता राजेन्द्र पौडेलले बताएका छन् ।

अख्तियारका प्रवक्ता पौडेलले मंगलबार जारी गरेको विज्ञप्ति अनुसार चाँगुनारायण नगरपालिका क्षेत्रमा रहेको १४ रोपनी ४ आना जग्गालाई मोहीको नाममा पुर्जा बनाउने प्रयोजनका लागि उक्त रकम घुसस्वरुप मागिएको थियो ।

ठूलो परिमाणको रकम घुस मागिएपछि सेवाग्राहीको उजुरीका आधारमा अख्तियारको अनुसन्धान टोली स्टिङ अपरेशन गर्न खटिएको पौडेलले बताए ।

अख्तियारको टोली स्टिङ अपरेशनका लागि भूमिगत रुपमा खटिइसकेको अवस्थामा उक्त घुसवापदको रकम कार्यालय सहयोगी टीकाराम राउतले बुझिसकेको अवस्थामा समातिए ।

उनीसँगै घुसको डिल गरेका कार्यालय प्रमुख कुमार आचार्य र भूमिसुधार शाखाका नायब सुब्बा दीपक प्रसाद अधिकारी पनि पक्राउ परेका छन् । उनीहरूको साथबाट बरामद भएको २४ लाख ५० हजार रुपैयाँसहित तीनैजनालाई टंगाल हिरासतमा हाजिर गराइएको छ ।

तीनैजनामध्ये आचार्यको साथबाट दुई थान मोबाइल फोन र नायब सुब्बा अधिकारीको साथबाट एक थान मोबाइल फोन पनि अख्तिायरले बरामद गरेर ल्याएको छ ।

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार  ८ : ०४ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग