थाइल्याण्डमा भेटियो बैजनी रंगको दुर्लभ गंगटो « Khabarhub

थाइल्याण्डमा भेटियो बैजनी रंगको दुर्लभ गंगटो


३० श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

 बैंकक– प्रकृतिले हामीलाई एक पछि अर्को दुर्लभ दृश्य देखाउँछ। यस्तै एउटा दुर्लभ दृश्य थाइल्याण्डमा देखिएको छ । यहाँ एउटा अनुपम बैजनी रंगको गंगटो फेला परेको छ । थाइल्याण्डको क्राचन राष्ट्रिय निकुञ्जमा यो गंगटो फेला परेको थियो, जुन संसारमा यसको एक मात्र प्रकार हो।

यो दुर्लभ प्रजातिको गंगटोको तस्बिर सामाजिक सञ्जालमा भाइरल भयो, जसले मानिसहरूलाई आश्चर्यमा पारेको थियो। पार्कका कर्मचारीले यो गंगटोको तस्बिर खिचेर फेसबुकमा शेयर गरेका छन् ।

पार्क अधिकारीहरूले यसलाई प्रकृतिको अमूल्य उपहार भनेर वर्णन गरे र यसको दुर्लभताका जोड दिएका छन् । पोष्टमा लेखिएको छ, ‘यो किङ् क्र्याव वा ‘सिरिन्धर्न क्र्याब’ दुर्लभ झरनाको क्र्याब हो, जसको सेतो र बैजनी रंगले यसलाई विशेष बनाउँछ।

काइङ क्राचन राष्ट्रिय निकुञ्जले यो खोजलाई इकोसिस्टम र जैविक विविधताका लागि महत्वपूर्ण भएको बताएको छ । यस गंगटोको उपस्थितिले स्वस्थ वन वातावरण र वन्यजन्तु संरक्षणका लागि पार्कको प्रयासलाई देखाउँछ।

‘किङ्ग क्र्याब’ हेर्नु भनेको दुर्लभ जनावरको खोज मात्र होइन, यसले विश्व सम्पदा क्षेत्र काएङ क्राचनको इकोसिस्टमको शक्ति पनि देखाउँछ। ‘किङ्ग क्र्याब’ जसलाई ‘सिरिन्होर्न क्र्याब’ पनि भनिन्छ, थाइल्याण्डकी राजकुमारी महाचक्री सिरिन्धर्नको नामबाट नामाकरण गरिएको हो।

यो गंगटो पांडा क्र्याब परिवारसँग सम्बन्धित छ, जुन सामान्यतया यसको सेतो र कालो चिन्हका लागि परिचित छ। तर यो बैजनी रंगको केकडा एकदमै दुर्लभ हो ।

सन् २०१२ को नेशनल ज्योग्राफिक रिपोर्टका अनुसार जर्मनीको सेन्केनबर्ग संग्रहालय प्राणीविज्ञानका हेन्ड्रिक फ्रिट्यागले बैजनी रंग ‘संयोग’ ले विकसित भएको हुनसक्ने बताए।

उनले भने, ‘यो रंग पहिचानका लागि साधारण भिजुअल सिग्नल हुन सक्छ, जसमा कुनै विशेष कार्य हुँदैन।’ यो अनौठो गंगटोको खोजले इन्टरनेटमा हलचल मच्चाएको छ र यसको सौन्दर्य र दुर्लभता देखेर मानिसहरू छक्क परेका छन् ।

गंगटोहरू तिनीहरूको वातावरण र प्रजातिहरूमा निर्भर गर्दै विभिन्न रंगहरूमा आउँछन्। सबैभन्दा सामान्य केकडाहरू खैरो, रातो–खैरो, नीलो र हरियो हुन्। तिनीहरूका रंगहरूले तिनीहरूलाई चट्टानहरू, शैवालहरू वा समुद्रमा लुकाउन मद्दत गर्छन्।

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार  १० : २५ बजे

माघ १ का तीन फिल्मको व्यापार कमजोर बनेपछि ‘बिगुल’को प्रदर्शन रोकियो

काठमाडौं – माघे संक्रान्तिको बिदा उपभोग गर्न माघ १ बाट

माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

झापा– माटोसँग खेल्दै जीवन जिउने सपना बोकेका कलाकार विष्णु राजवंशीका

परम्परागत सीपको संरक्षण गर्न टेम्केमैयुङमा राडीपाखी बुन्ने तालिम

भोजपुर– परम्परागत सीपको संरक्षण गर्दै स्थानीय महिलालाई आयआर्जनमा जोड्ने उद्देश्यका

कांग्रेसका सबै उम्मेदवारको टुंगो आजै लाग्छ : सभापति थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधि सभाको प्रत्यक्ष

उम्मेदवार चयनका लागि कांग्रेसको तीन समूह एकै ठाउँमा, रातभर धुम्बाराहीमा छलफल

काठमाडौं– नेपाली कांग्रेसका तीन समूहबीच आगामी फागुन २१ गते हुने