गणपूरक सङ्ख्या नपुगेपछि लेखा समिति बैठक स्थगित « Khabarhub

गणपूरक सङ्ख्या नपुगेपछि लेखा समिति बैठक स्थगित


३० श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको शुक्रबारको बैठक गणपूरक सङ्ख्या अपुग भएपछि स्थगित भएको छ ।

समितिका सचिव एकराम गिरीका अनुसार आजको बैठकमा १२ जना सांसद मात्रै उपस्थित थिए । कुल २६ जना सदस्य रहेको उक्त समितिमा गणपूरक सङ्ख्या नपुगेपछि अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित भएको हो । 

प्रतिनिधिसभा नियमावली २०७९ को नियम १८२ अनुसार समितिको गणपूरक सङ्ख्या तत्काल कायम रहेको सदस्य सङ्ख्याको ५१ प्रतिशत हुने व्यवस्था रहेको छ ।

आजको बैठकमा ट्रकको भारवहन क्षमता सम्बन्धमा समितिमा परेको उजुरीमाथि छलफल गर्ने कार्यसूची थियो । 

मालवाहक सवारी साधनको भारबहन क्षमतासम्बन्धी विद्यमान कानुनी प्रावधान कार्यान्वयन तथा नियमन हुन नसकेको भन्दै नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले समितिमा उजुरी गरेको थियो । 

मालबाहक सवारी साधनको भारवहनसम्बन्धी निर्देशिका, २०७४ ले निर्धारण गरेको मापदण्डभन्दा विपरीत वजन बोकेर सञ्चालन गर्दा पुल र सडकको अवस्था बिग्रेको तथा दुर्घटनाको जोखिम बढेको भन्दै समितिमा उजुरी परेको हो । रासस

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार  २ : ०३ बजे

भोटेकोशी बाढी : त्रिशूली–३ आयोजनाको सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली

काठमाडौं– रसुवास्थित भोटेकोशीमा आएको बाढीका कारण त्रिशूली–३ जलविद्युत् आयोजनाको सुरुङमा

किएभनजिकै रुसी ड्रोन आक्रमणमा ३७ जनाको मृत्यु

माइला– युक्रेनको राजधानी किएभनजिकै रहेको एक गोदाममा रुसी ड्रोन आक्रमण

बाजुरामा जिल्लाव्यापी पशु खोप अभियान

बाजुरा– बाजुरामा पशुचौपायामा लाग्ने विभिन्न रोग नियन्त्रणका लागि पहिलोपटक सञ्चालन

भोटेकोसी बाढीको भयावह तथ्यांक : १५ हजारभन्दा बढी अझै बेपत्ता

काठमाडौं– गत बुधबार भोटेकोसी र आसपासका क्षेत्रमा आएको विनाशकारी बाढीबाट

झण्डै १४ वटा फुटबल मैदान आकारमा बनेको छ चीन-नेपाल सीमामा ताल

काठमाडौं– भोटेकोशीको चीन-नेपाल सीमामा गएको पहिरोका कारण बनेको ताल १४