केदार र विजयलाई नै फिल्म हिट बनाउनुपर्ने नैतिक दबाब, दुवैको क्ल्यासले भदौ ६ रोचक बन्दै « Khabarhub

केदार र विजयलाई नै फिल्म हिट बनाउनुपर्ने नैतिक दबाब, दुवैको क्ल्यासले भदौ ६ रोचक बन्दै


३० श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भदौ ६ गते दुई फिल्म ‘माग्ने राजा’ र ‘जनै हराएको मान्छे’को प्रदर्शन मिति तोकिएको छ ।

अर्थात्, भदौ ६ मा नायक विजय बराल र केदार घिमिरे माग्ने बूढाको बक्स अफिस प्रतिस्पर्धा हुँदैछ ।

‘छक्का पञ्जा’ टिमको कोर सदस्य रहेर केदारले लगातार हिट फिल्म दिइरहेका छन् ।

विजय भने नेपाली फिल्म इतिहासकै सबैभन्दा हिट फिल्म दिने नायक हुन् । सोहीकारण यी दुईको बक्स अफिस क्ल्यास रोचक हुने देखिन्छ ।

यसकारण रोचक

विजय अहिले फिल्म सुपरहिट बनाउनै पर्ने नैतिक दबाब भएका नायक हुन् । कारण– उनी शीर्ष भूमिकामा रहेको पहिलो फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ नेपाली फिल्म इतिहासकै सबैभन्दा बढी व्यापार गर्ने फिल्म हो ।

‘पूर्णबहादुरको सारङ्गी’ सफलतापछि विजय पहिलो पटक शीर्ष भूमिकामा देखिन लागेको फिल्म ‘जनै हराएको मान्छे’ हो ।

अघिल्लो फिल्म सफलताको रापतापमा ‘जनै हराएको मान्छे’ साइन गरेकाले उनलाई यो हिट बनाउनुपर्ने नैतिक दबाब छ ।

विजयको यो फिल्मले कस्तो व्यापार गर्ला भनेर हेर्न यही फिल्म क्षेत्रका व्यक्तिहरु प्रतीक्षारत देखिन्छन् ।

त्यस्तै, छक्का पञ्जा टिममा रहेर केदारले हिट फिल्म दिइरहेका छन् । केदारले फ्लप फिल्मको अनुभव नलिएको ७ वर्ष भयो ।

अर्थात्, केदारले अभिनय गरेको पछिल्लो फ्लप फिल्म ‘रामकाहानी’ हो । जुन ०७५ साल भदौ २२ मा प्रदर्शनमा आएको थियो ।
‘छक्का पञ्जा’ टिममा रहेर केदार संकुचित बनेको विश्लेषण उनकै सहपाठी र सहकर्मीको थियो ।

‘छक्का पञ्जा’ टिमको प्रोजेक्टबाट कमाएको राम्रो फ्यान फलोइङले नायकको हैसियतमा उभ्याएकाले बाहिरी ब्यानरको फिल्म गर्नुपर्ने उनीहरुको तर्क छ ।

‘छक्का पञ्जा’टिम फिल्म निर्माणको विश्राममा रहेको मौका पारेर केदारले ‘माग्ने राजा’ फिल्म साइन गरेका हुन् । शीर्ष नायकको रुपमा उनको यो डेब्यू फिल्म हो भन्दा फरक पर्दैन ।

अर्थात्, केदारलाई शीर्ष नायकको रुपमा यस फिल्मबाट आफूलाई परीक्षा गर्ने मौकासमेत पाएका छन् ।

यो फिल्म हिट भएको अवस्थामा केदारलाई शीर्ष भूमिकामा लिन चाहाने मेकरहरुको संख्या थप वृद्धि हुनेछ । फ्लप भएको अवस्थामा मेकरहरु नतर्किएलान् भन्न सकिन्न ।

यो अर्थमा केदारलाई पनि फिल्म ‘माग्ने राजा’ हिट बनाउनुपर्ने दबाब देखिन्छ ।

केदार र विजय दुवैलाई फिल्म हिट बनाउनुपर्ने नैतिक दबाब छ । एकै दबाबमा परेका यी दुईको भदौ ६ बाट ‘बक्स अफिस’ प्रतिस्पर्धा हुँदैछ । यसले पनि यो रिलिज डेटलाई रोचक बनाएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार  ३ : ४१ बजे

मुलुकलाई ‘ग्रे लिस्ट’बाट हटाउन सबैको प्रयास आवश्यक : महालेखापरीक्षक

काठमाडौँ– महालेखापरीक्षक तोयम रायाले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ‘ग्रे लिस्ट’बाट हटाउन

मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह

काठमाडौँ– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन अवधिभर

मानव–वन्यजन्तु द्वन्द्वको अन्तरिम प्रतिवेदन कृषिमन्त्रीलाई बुझाइयो

काठमाडौँ-  कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीलाई मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनसम्बन्धी

नेकपाका संस्थापक महासचिव पुष्पलालको ४८औँ स्मृति दिवस मनाइँदै

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८औँ

अमेरिकामा ६ दशक पुरानो नियम खारेज गर्ने तयारी: अब कार्यस्थलमा जातीय र लैङ्गिक विवरण नराखिने

काठमाडौँ – अमेरिकाको रोजगार समान अवसर आयोग (इईओसी) मा रिपब्लिकन