नेपालमा पहिलोपटक इन्टरनेसनल स्ट्रोक सम्मेलन हुँदै  « Khabarhub

नेपालमा पहिलोपटक इन्टरनेसनल स्ट्रोक सम्मेलन हुँदै 


३० श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा पहिलोपटक हिमालयन इन्टरनेसनल स्ट्रोक शिखर सम्मेलन आयोजना हुने भएको छ । 

नेपाल पक्षघात संघ र नेपाल स्ट्रोक प्रोजेक्टको संयुक्त आयोजनामा साउन ३१ गतेदेखि भदौ १ गतेसम्म यो सम्मेलन चल्नेछ । सम्मेलनमा नेपालसहित ११ देशका विज्ञहरूले प्रस्तुति दिने नेपाल पक्षघात संघका अध्यक्ष तथा वरिष्ठ न्यूरोलोजिस्ट डा.राजु पौडेलले जानकारी दिए । 

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले उद्घाटन गर्ने यस सम्मेलनको पहिलो दिनको वैज्ञानिक सत्रमा २८ अन्तर्राष्ट्रिय र ३२ राष्ट्रिय विज्ञहरूले प्रस्तुति दिनेछन् । यसमा क्लिनिकल प्रगति, अनुसन्धानका नयाँ जानकारी र नीतिगत दिशानिर्देशबारे छलफल हुनेछ । 

दोस्रो दिन भने सीपमा आधारित तालिम तथा कार्यशालाहरू हुनेछन् । यसमा एनआईएच स्ट्रोक स्केल, स्ट्रोक अनुसन्धान विधि, थ्रोम्बोलाइसिस, मेकानिकल थ्रोम्बेक्टोमी, बोटोक्स थेरापी, मौखिक र पोस्टर प्रस्तुतिजस्ता विषयहरू समेटिनेछन् ।

सम्मेलनको मुख्य उद्देश्य नेपालमा स्ट्रोकको वास्तविक अवस्था प्रस्तुत गर्नु र यससम्बन्धी चासोलाई उजागर गर्नु रहेको डा. पौडेलले बताए । यस सम्मेलनले नेपालमा स्ट्रोकको पछिल्लो अवस्था, निदान र व्यवस्थापनका प्रयासबारे स्पष्ट पार्नेछ, उनले भने, यसले नेपालका सात वटै प्रदेशमा स्ट्रोकको अवस्था र उपचारको पाटोलाई समेत उजागर गर्नेछ । 

यो सम्मेलन ज्ञान आदानप्रदान, क्षमता विकास तथा सहकार्यका लागि महत्त्वपूर्ण मञ्च बन्ने विश्वास नेपाल स्ट्रोक प्रोजेक्टकी प्रोजेक्ट म्यानेजर तथा सम्मेलनकी सचिव डा रचना नकर्मीले व्यक्त गरिन् । 

त्यसैगरी, यो सम्मेलनले नेपाल र सम्पूर्ण हिमालय क्षेत्रमा स्ट्रोकको रोकथाम, उपचार र अनुसन्धानलाई थप सुदृढ बनाउने लक्ष्य राखेको नेपाल स्ट्रोक एसोसिएसनका संस्थापक अध्यक्ष तथा वरिष्ठ न्यूरोलोजिस्ट डा। लेखजंग थापाले बताए । 

‘ नेपालमा स्ट्रोकको यथार्थ चित्र उतार्न यो सम्मेलन एउटा कोसेढुङ्गा साबित हुनेछ’, उनले भने ।

सम्मेलनलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, डब्लूएचओ नेपाल, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्, वर्ल्ड स्ट्रोक अर्गनाइजेसन, एसिया प्यासिफिक स्ट्रोक अर्गनाइजेसन र एन्जल इनिसिएटिभले सहयोग गरेका छन् । 

सम्मेलनमा सहभागी हुन वर्ल्ड स्ट्रोक अर्गनाइजेसनका अध्यक्ष डा.जयराज पाण्डियन, निवर्तमान अध्यक्ष प्राध्यापक क्रेग एन्डर्सन, युरोपियन स्ट्रोक अर्गनाइजेसनका प्राध्यापक भालेरिया कासो, न्युजिल्यान्डकी प्राध्यापक अन्ना रान्टा, र एसिया प्यासिफिक स्ट्रोक अर्गनाइजेसनका पूर्व अध्यक्ष प्राध्यापक ब्युन्ह वु युन नेपाल आउँदैछन् ।

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार  ३ : ४३ बजे

एमालेमा सुहाङको अडान : दलको नेतामा चुनाव गरौँ, फेस गर्न तयार छु

काठमाडौं- नेकपा एमाले संसदीय दलको नेता चुन्ने विषयले युवा र

एनसेलले दैनिक १०० एमबी निःशुल्क डेटा दिँदै, हरेक हप्ता ५० जीबीसम्म जित्ने सकिने

काठमाडौं– एनसेलले ग्राहकका लागि एनसेल एपमार्फत दैनिक १०० एमबी निःशुल्क डेटा

नेप्से परिसूचकमा ७४ अंकको गिरावट

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७४ दशमलव ७३ अंकले

बादलको पक्षमा छन् ओली, दलको नेतामा सुहाङ र राजेन्द्रको पनि दाबी

काठमाडौं- नेकपा एमालेले संसदीय दलको नेता चुन्न बसेको बैठकमा पाका

काजमा रहेका थप ७ विशेषज्ञ चिकित्सक दरबन्दीमा फर्काइए

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सुगम क्षेत्रका अस्पतालमा काजमा कार्यरत विशेषज्ञ