बागमतीमा बानियाँको १४ सदस्यीय मन्त्रिपरिषद्, कसलाई कुन मन्त्रालय ? « Khabarhub

बागमतीमा बानियाँको १४ सदस्यीय मन्त्रिपरिषद्, कसलाई कुन मन्त्रालय ?


३० श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


747
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त सरकारलाई विस्तार गरेर मन्त्रिमण्डल १४ सदस्यीय बनाएका हुन् ।

मुख्यमन्त्री बानियाँले सांसदहरू कञ्चनचन्द्र वादे, सुरेश श्रेष्ठ, उर्मिला नेपाल र बिनु रायमाझीलाई मन्त्री बनाएका हुन् । बानियाँको सिफारिसअनुसार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले उनीहरूलाई मन्त्री पदमा नियुक्त गरेका छन् ।

मन्त्री बनेकाहरूमध्ये वादे कांग्रेसबाट काभ्रे प्रदेश निर्वाचन क्षेत्र २ (ख) बाट, श्रेष्ठ भक्तपुर प्रदेश निर्वाचन क्षेत्र १ (क) बाट र तामाङ रसुवाको प्रदेश निर्वाचन क्षेत्र १ (क) बाट निर्वाचित सांसद हुन् ।

यस्तै कांग्रेस केन्द्रीय सस्दय नेपाल ललितपुरबाट र रायमाझी चितवनबाट समानुपातिकतर्फका सांसद हुन् । उनीहरूलाई मन्त्रात्रयसमेत तोकेर शुकबार नै शपथ ग्रहण गराइँदैछ । अपराह्न ४ बजे नवनियुक्त मन्त्रीहरूको शपथ हुनेछ । उनीहरू सबै बहादुरसिंह लामालाई हटाउन बानियाँलाई साथ दिएका सांसद हुन् ।

गठबन्धन सरकारमा कांग्रेसबाट मुख्यमन्त्रीसहित ८ जना सरकारमा सहभागी भएका छन् । एमालेबाट ६ जनाले मन्त्रालयको जिम्मेवारी पाएका छन् । यसअघि नै कांग्रेसबाट मुख्यमन्त्री र अन्य दुईजना मन्त्रीमा नियुक्ति भएका थिए ।

गत साउन २० गते नियुक्त सांसद कृष्णकुमार तामाङलाई खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री बनाइएको थियो। शिवराज अधिकारीलाई बिनाविभागीय थिए । उनलाई शुक्रबार आन्तरिक मामिला तथा कानून मन्त्री बनाइएको छ ।

कसलाई कुन मन्त्रालय ?

(१) इन्द्रबहादुर बानियाँ : मुख्यमन्त्री – मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

(२) मधुसूधन पौडेल : मन्त्री, कृषि तथा पशुपन्छी विकास मन्त्रालय

(३) शिवराज अधिकारी : मन्त्री, आन्तरिक मामिला तथा कानून मन्त्रालय

(४) किरण थापामगर : मन्त्री, स्वास्थ्य मन्त्रालय

(५) उर्मिला नेपाल : मन्त्री, युवा तथा खेलकुद मन्त्रालय

(६) कन्चनचन्द्र वादे : मन्त्री, सामाजिक बिकास मन्त्रालय

(७) डा. दिनेशचन्द्र देवकोटा : मन्त्री, भौतिक पूर्वाधार विकास मन्त्रालय

(८) प्रभात तामाङ : मन्त्री, आर्थिक मामिला तथा योजना मन्त्रालय

(९) भरतबहादुर केसी : मन्त्री, वन तथा वातावरण मन्त्रालय

(१०) सुरेश श्रेष्ठ मन्त्री, संस्कृति तथा पर्यटन मन्त्रालय

(११) जयराम थापा मन्त्री : श्रम, रोजगार तथा यातायात मन्त्रालय

(१२) कृष्णकुमार तामाङ : मन्त्री, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय

(१३) विन्दु श्रेष्ठ : मन्त्री उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय

(१४) विनु रायमाझी : पौडेल मन्त्री, सहकारी तथा गरिबी निवारण मन्त्रालय

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार  ३ : ५० बजे

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौतायोग्य नहुने इरानको भनाइ

तेहरान– इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको र

रौतहटका सामुदायिक वनका उपभोक्तालाई आगो निभाउने सामग्री 

चन्द्रपुर– रौतहटका सामुदायिक वन उपभोक्ता समूहहरूलाई एक संस्थाले आगो निभाउनमा उपयोग

प्रधानमन्त्रीले भनिन् : दल र जेन-जी दुवैको आलोचना सहन्छौँ, तर हामी कसैको अचानो होइनौँ

काठमाडौं- अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले सबै राजनीतिक दलहरू चुनावको

पर्यटकीय गन्तव्य बन्दै ‘राइनासकोट’

सुन्दरबजार– पूर्वी लमजुङको राइनासस्थित ऐतिहासिक तथा प्राकृतिक धरोहर राइनासकोट पछिल्लो समय

सिङ्गो मुसहर बस्ती लालपुर्जाविहीन

जलेश्वर– यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती