राष्ट्रपतिसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेश « Khabarhub

राष्ट्रपतिसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेश


३० श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मुस्लिम आयोगले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन पेश गरेको छ ।  

शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलसमक्ष आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले वार्षिक प्रतिवेदन पेश गरेका हुन् । 

सो अवसरमा राष्ट्रपति पौडेलले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त मुलुक भएको बताए ।

सामाजिक सद्भाव, ऐक्यबद्धता र सामञ्जस्यता कायम गरी समानता एवं सहअस्तित्वका आधारमा विभिन्न जातजाति र समुदायको भाषा, लिपि, संस्कृति, साहित्य, कला र सम्पदाको संरक्षण र विकास गर्ने राज्यको सामाजिक र सांस्कृतिक रुपान्तरणसम्बन्धी नीति रहेको उनले बताए।

उनले मुस्लिम आयोगको जिम्मेवारी र दायित्व गहन रहेको र आगामी दिनमा आयोगले उक्त दायित्व अझ प्रभावकारी ढंगले निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार  ४ : ३० बजे

भोटेकोशी बाढी : त्रिशूली–३ आयोजनाको सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली

काठमाडौं– रसुवास्थित भोटेकोशीमा आएको बाढीका कारण त्रिशूली–३ जलविद्युत् आयोजनाको सुरुङमा

किएभनजिकै रुसी ड्रोन आक्रमणमा ३७ जनाको मृत्यु

माइला– युक्रेनको राजधानी किएभनजिकै रहेको एक गोदाममा रुसी ड्रोन आक्रमण

बाजुरामा जिल्लाव्यापी पशु खोप अभियान

बाजुरा– बाजुरामा पशुचौपायामा लाग्ने विभिन्न रोग नियन्त्रणका लागि पहिलोपटक सञ्चालन

भोटेकोसी बाढीको भयावह तथ्यांक : १५ हजारभन्दा बढी अझै बेपत्ता

काठमाडौं– गत बुधबार भोटेकोसी र आसपासका क्षेत्रमा आएको विनाशकारी बाढीबाट

झण्डै १४ वटा फुटबल मैदान आकारमा बनेको छ चीन-नेपाल सीमामा ताल

काठमाडौं– भोटेकोशीको चीन-नेपाल सीमामा गएको पहिरोका कारण बनेको ताल १४