‘देशलाई नयाँ अवस्थामा अगाडी बढाउने उद्देश्यका साथ सरकार लागिपरेको छ’ « Khabarhub

‘देशलाई नयाँ अवस्थामा अगाडी बढाउने उद्देश्यका साथ सरकार लागिपरेको छ’


३० श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई नयाँ अवस्थामा अगाडी बढाउने उद्देश्यका साथ सरकार लागिपरेको बताएका छन् ।  

शुक्रबार जनकपुरमा मधेश प्रदेश प्रहरी कार्यालयको नवनिर्मित भवन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले पहिलेको अवस्थामा नभई नयाँ अवस्थामा देशलाई अगाडी बढाउने उद्देश्यका साथ सरकार लागिपरेको बताएका हुन् ।

उनले भ्रष्टाचार नियन्त्रण र जनतालाई छिटो छरितो सेवा सुविधा उपलब्ध गराएर सुशासन कायम गर्न गर्नुपर्नेमा जोड दिए । 

अपराध अनुसन्धान र नियन्त्रण लगायत थुप्रै कामहरूमा नेपाल प्रहरीले ध्यान दिनुपर्ने उनले बताए । 

प्रधानमन्त्री ओलीले लागू औषध नियन्त्रणमा मधेश प्रदेशले विशेष ध्यान दिनुपर्ने उल्लेख गरे ।

उनले शान्ति सुव्यवस्था स्थापना गर्न र जनतालाई प्रारम्भिक न्याय दिने काममा प्रहरी प्रशासनले विशेष ध्यान दिने विश्वास व्यक्त गरे । 

मधेस प्रदेश सरकारको करिब २३ करोड १० लाख ४३ हजार रुपैयाँको लागतमा निर्माण भएको सुविधा सम्पन्न उक्त भवनमा ६८ वटा कोठा रहेको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार  ४ : ४४ बजे

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण