‘५०० टेक’ चर्चाबारे मिस पबीको स्पष्टीकरण यस्तो, ‘माग्ने राजा’ फिल्म नै नहेर्ने ! « Khabarhub

‘५०० टेक’ चर्चाबारे मिस पबीको स्पष्टीकरण यस्तो, ‘माग्ने राजा’ फिल्म नै नहेर्ने !


३० श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


921
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘माग्ने राजा’मा ‘अभिनय गर्न नसकेका कारण पवित्रा सान्की ‘मिस पबी’को भूमिका छोटो बनाइएको’ गसिपबारे उनले स्पष्टीकरण दिएकी छन् ।

कार्यक्रम ‘ई टक’मा राज श्रेष्ठसँगको अन्तर्वार्तामा मिस पबीले फिल्म ‘माग्ने राजा’मा अभिनय गरेपछिको विकसित हल्लाबारे खुलेर कुरा गरेकी छन् ।

फिल्ममा अभिनय गर्न नसकेपछि मिस पबीका लागि निर्धारित भूमिकाको केही अंश अर्को कलाकार प्रवेश गराएर छायाङ्कन गरिएको चर्चा छ । कतिपयले उनले ५०० टेक लिएपछि निर्देशकले फिल्मबाट निकालेको हल्ला पनि गरेका छन् ।

समाचार पढ्ने दृश्य खिच्दा भाषाका कारण आफूले बढी टेक लिएको उनले स्वीकार गरेकी छन् । तर्, ५०० टेकको हल्लामा सत्यता नभएको उनको दाबी छ ।

उनले भनेकी छन्, ‘मैले समाचार पढ्ने दृश्य ३ घण्टा लगाएर खिचिएको हो । त्यो अवधिका ५०० टेक लिन भ्याइन्छ जस्तो लाग्दैन । नेपाली शब्द उच्चारणमा समस्या भएर मलाई गाह्रो भएको हो । निर्देशकले सम्पादनमा मिलाउने गरी टेक लिनुभयो । मैले त्यही अनुसार छायाङ्कन सकेर फर्किएको हो ।’

आफ्नो अशंको दोस्रो दिनको छायाङ्कनमा भने समय व्यवस्थापन गर्न नसकेकाले सहभागी नभएको उनको दाबी छ ।

उनले थपेकी छन्, ‘२५ गते छायाङ्कनमा बोलाउनुभयो । आर्यन सिक्देलसँगको दृश्य थियो । उहाँको समय २५ गते मात्रै मिल्ने भएकाले मलाई त्यही दिन बोलाइएको थियो । कार्यक्रम कमेडी दरबारलाई मैले त्यो दिन दिनुपर्ने भयो । यो समस्या आउन सक्छ भनेर मैले सम्झौतामा नै भनेको थिए ।’

यसपछि भने ‘मिस पबीले अभिनय गर्न सकिनन्’ भन्दै समाचारहरु बाहिरिएको उनको बुझाइ छ । यो फिल्मको टिमको बदनियत रहेको उनको आशय छ ।

मिस पबीले निर्देशक ऋषि लामिछाने आफ्नो टिमलाई मिलाएर अगाडि लैजान नसक्दा यो परिस्थिति निर्माण भएको उनले बताइन् ।

यो चर्चाले आफ्नो अभिनय करिअरलाई समस्यामा पार्ने उनको आशय छ । उनले भनिन्, ‘मलाई अरु मेकरले पनि लिन चाहानुहुन्थ्यो होला । तर, यस्तो समाचार बाहिरिएपछि उहाँहरु मसँग आउनुहुन्न नि ।’

साथै, मिस पबी उक्त फिल्म प्रदर्शनमा आउँदा हेर्न नजाने निर्णयमा पुगेकी छन् । बदनाम गर्ने टिमको फिल्म हेर्न नजाने उनी बताउँछिन् ।

भन्छिन्, ‘म हेर्न जान्नँ । गए भने त थुकेको थुक चाटेको जस्तो भइहाल्यो नि ।’

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार  ७ : ०२ बजे

नवलपरासीमा रास्वपाका कार्यकर्ताले माओवादीका उम्मेदवार कुटेको आरोप

काठमाडौँ– नवलपरासी क्षेत्र नम्बर १ का नेकपा माओवादीका उम्मेदवारमाथि राष्ट्रिय

स्कटल्यान्डविरुद्ध ७ विकेटको जितसँगै नेपालको विश्वकप यात्रा सकियो

काठमाडौँ–जारी आईसीसी टी–२० विश्वकपमा नेपाली राष्ट्रिय क्रिकेटले पहिलो जित निकालेको

कक्षा १२ को परीक्षा वैशाख १४ गतेदेखि

भक्तपुर – यस वर्षको कक्षा १२ को परीक्षा आगामी वैशाख

एसपी सुवेदीलाई पर्सा पठाइयो

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय पर्सामा एसपी नरेशराज सुवेदीलाई खटाउने

स्कटल्यान्डविरुद्ध पावर प्लेमा नेपालको उत्कृष्ट सुरुवात

काठमाडौँ- आईसीसी टी–२० विश्वकप अन्तर्गत समुह चरणको अन्तिम खेलमा स्कटल्यान्डविरुद्ध