भारतीय दूतावासले उपप्रधानमन्त्री सिंहको प्रमुख आतिथ्यतामा मनायो ७९औँ स्वतन्त्रता दिवस  « Khabarhub

भारतीय दूतावासले उपप्रधानमन्त्री सिंहको प्रमुख आतिथ्यतामा मनायो ७९औँ स्वतन्त्रता दिवस 


३० श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालस्थित भारतीय दुतावासले उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहको प्रमुख आतिथ्यतामा भारतको ७९औँ स्वतन्त्र दिवस मनाएको छ । 

पाटन दरबार क्षेत्रमा रहेको भण्डारखाल बगैँचामा विशेष सांस्कृतिक कार्यक्रम गर्दै दूतावासले स्वतन्त्रता दिवस मनाएको हो । 

कार्यक्रममा प्रमुख अतिथि सिंहले भारतलाई नेपालका तर्फबाट स्वतन्त्रता दिवसको अवसरमा शुभकामना व्यक्त गरे । 

‘नेपाल र भारत सम्बन्ध विशेष प्रकारको छ । खुला सिमाना र रोटीबेटीको सम्बन्ध मात्र होइन धार्मिक,साँँस्कृतिकसहित राजनीतिक सम्बन्ध पनि छ ,’ उनले भने । 

उपप्रधानमन्त्री सिंहले भारत स्वतन्त्रताको आन्दोलनसँग नेपालमा प्रजातन्त्र स्थापनाको सम्बन्ध जोडिएको चर्चा गदै नेपाल भारत सम्बन्ध आगामी दिनमा थप सुदृढ हुँदै जाने विश्वास व्यक्त गरे । 

कार्यक्रममा परराष्ट्रमन्त्री आरजु राणा देउवाले पनि भारतीय स्वतन्त्रता दिवसको शुभकामना दिइन्  । कार्यक्रममा नेपालका लागि भारतका राजदूत नविन श्रीवास्तवले भारत पछिल्लो समय नेपालले भारतमा विद्युत् बिक्री गरेर आर्थिक लाभ लिइरहेको भन्दै आगामी दिनमा अझै धेरै लाभ लिन सक्ने बताए  । कार्यक्रममा भारतबाट आएको कलाकारहरूको समूहले कथक नृत्य प्रस्तुत गरेको थियो ।

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार  ७ : ३० बजे

देश बनाउन कर्मचारीको भूमिका महत्वपूर्ण : सञ्चारमन्त्री खरेल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री मन्त्री जगदीश खरेलले देश बनाउन

पर्वले मौलिक संस्कृति र परम्परालाई जीवन्त बनाउँछ : उपराष्ट्रपति यादव

काठमाडौ‌– उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपालको संविधानले अङ्गिकार गरेको गणतन्त्र,

जसपा नेपालका प्रदीप यादव एमाले प्रवेश, पर्सा- १ बाट टिकट दिने तयारी

पर्सा– पूर्व खानेपानी मन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) नेपालका

ल्होसारले समृद्ध मुलुक निर्माणमा ऊर्जा प्रदान गरोस् : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सोनाम ल्होसार पर्वले सबै नेपालीबीचको एकतालाई

मेची भन्सार : ६ महिनामा ७ अर्ब १९ करोडको अलैँची निर्यात

झापा– पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८२–०८३ को अर्धवार्षिक अवधिमा