जाजरकोट भूकम्प : तीन हजार बढी घर प्रबलीकरण गर्न सकिने « Khabarhub

जाजरकोट भूकम्प : तीन हजार बढी घर प्रबलीकरण गर्न सकिने


३० श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जाजरकोट भूकम्पबाट क्षतिग्रस्त निजी आवासहरूको प्रबलीकरण सम्बन्धमा विस्तृत क्षति आकलन गरिएको छ । आकलन गरिएका ७७ हजार ८५२ घरमध्ये चार प्रतिशत अर्थात् तीन हजार ३३९ घर प्रबलीकरण गर्न सकिने वर्गमा परेका छन् ।

भूकम्पबाट क्षतिग्रस्त निजी आवासहरूको प्रबलीकरण सम्बन्धमा जाजरकोट र रुकुमपश्चिमका स्थानीय तहका जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, विषय विज्ञहरूसहित सरोकारवालासँग आज काठमाडौँमा छलफल भएको थियो ।

निजी आवासका विस्तृत क्षति आकलनबाट प्राप्त तथ्याङ्कका आधारमा प्रबलीकरणको प्राविधिक पक्षका बारेमा छलफल गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख ई दिनेश भट्टले जानकारी दिए । 

कार्यक्रममा विज्ञहरू प्रा जीवराज पोखरेल, डा प्रेमनाथ मास्के, डा रमेश गुरागाईँ, डा हरिराम पराजुली, पुल्चोक इञ्जिनियरिङ क्याम्पसका प्राध्यापक क्षितिजचरण श्रेष्ठले ढुङ्गा माटोका घरहरूको प्रबलीकरण गर्ने विधि एवं नेपालमा प्रबलीकरणको अनुभवबारे प्रस्तुतीकरण दिएका थिए ।

सहरी विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (आवास तथा भवन)का उपनिर्देशक अविनाश श्रीवास्तवले प्रवलीकरणका विद्यमान नीति तथा कार्यविधिबारे जानकारी दिए ।

त्यसैगरी, जाजरकोटका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मग्राती, रुकुमपश्चिमका प्रमुख जिल्ला अधिकारी कुलबहादुर जिसी, प्रभावित स्थानीय तहका प्रमुख तथा प्रतिनिधिले विस्तृत क्षति आकलनमा छुटेकाहरूलाई पनि समावेश गर्नुपर्ने सुझाव दिएका छन् ।

प्राधिकरणका कार्यकारी प्रमुख भट्टको अध्यक्षतामा भएको कार्यक्रममा सहसचिव ई अर्जुनकुमार बमले विस्तृत क्षति आकलनका नतिजाका बारेमा जानकारी दिएका थिए । रासस

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार  ७ : ३९ बजे

देश बनाउन कर्मचारीको भूमिका महत्वपूर्ण : सञ्चारमन्त्री खरेल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री मन्त्री जगदीश खरेलले देश बनाउन

पर्वले मौलिक संस्कृति र परम्परालाई जीवन्त बनाउँछ : उपराष्ट्रपति यादव

काठमाडौ‌– उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपालको संविधानले अङ्गिकार गरेको गणतन्त्र,

जसपा नेपालका प्रदीप यादव एमाले प्रवेश, पर्सा- १ बाट टिकट दिने तयारी

पर्सा– पूर्व खानेपानी मन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) नेपालका

ल्होसारले समृद्ध मुलुक निर्माणमा ऊर्जा प्रदान गरोस् : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सोनाम ल्होसार पर्वले सबै नेपालीबीचको एकतालाई

मेची भन्सार : ६ महिनामा ७ अर्ब १९ करोडको अलैँची निर्यात

झापा– पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८२–०८३ को अर्धवार्षिक अवधिमा