जसपा नेपालले देशव्यापी आईटी सेल निर्माण गर्दै « Khabarhub

जसपा नेपालले देशव्यापी आईटी सेल निर्माण गर्दै


३० श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनता समाजवादी पार्टी नेपालले देशव्यापी प्रत्येक जिल्लामा आईटी सेल निर्माण गर्ने निर्णय गरेको छ । 

जसपा नेपालको सूचना संचार तथा विज्ञान प्रविधि विभागले केन्द्रदेखि वटासम्मै समेटिने गरी मूलधारका सामाजिक सञ्जाल लक्षित देशैभरी आईटी सेलको शाखा बिस्तार गर्ने निर्णय गरेको हो । 

शुक्रबार पार्टी केन्द्रीय बालकुमारीमा बसेको विभागको बैठकले पार्टीको सूचना संयन्त्रलाई प्रभावकारी बनाउन र मुख्यतः सामाजिक सञ्जालहरूलाई थप व्यवस्थित गर्ने उद्देश्यले देशैभरी आईटी सेल बिस्तार गर्न लागेको सूचना विभागका सचिव समेत रहेका जसपा नेपालको केन्द्रीय आईटी सेलका प्रमुख महेश चौरसियाले जानकारी दिए ।
 
आधुनिक सञ्चार एवं प्रविधिको बढ्दो प्रभाव र प्रयोगलाई मध्यनजर गर्दै पार्टीको विचार र मुद्दालाई मूलधारका सामाजिक सञ्जालहरूको प्रयोग र परिचालनलाई पार्टीको हितका निम्ति प्रभावकारी ढंगले जनतामाझ लैजाने र पार्टीको गतिविधि एवं संरचनालाई आधुनिक आईटी मैत्री बनाउने उद्देश्यले हालै महेश चौरसियाको नेतृत्वमा ३३ सदस्यीय केन्द्रीय आईटी सेल गठन भएको थियो ।

विभाग प्रमुख जितेन्द्र यादवको अध्यक्षतामा बसेको बैठकले सामाजिक सञ्जालमा सक्रिय नेता कार्यकर्तालाई समेटेर देशैभरी जिल्लाब्यापी आईटी सेल निर्माणका लागि आइतबार जिल्ला अध्यक्षहरूलाई पत्राचार गर्ने निर्णय भएको चौरसियाले बताए ।

यसका साथै, सूचना संचार तथा विज्ञान प्रविधि विभागलाई पनि ७ वटै प्रदेशमा प्रदेशस्तरीय विभाग गठन गर्ने बैठकले निर्णय गरेको छ । बैठकले सूचना विभाग र आईटी सेलको संरचनागत ढाँचा एवं आगामी कार्यदिशाको प्रारूप तयार गर्न चार सदस्यीय समिति समेत गठन गरेको छ ।

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार  ८ : ०६ बजे

देश बनाउन कर्मचारीको भूमिका महत्वपूर्ण : सञ्चारमन्त्री खरेल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री मन्त्री जगदीश खरेलले देश बनाउन

पर्वले मौलिक संस्कृति र परम्परालाई जीवन्त बनाउँछ : उपराष्ट्रपति यादव

काठमाडौ‌– उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपालको संविधानले अङ्गिकार गरेको गणतन्त्र,

जसपा नेपालका प्रदीप यादव एमाले प्रवेश, पर्सा- १ बाट टिकट दिने तयारी

पर्सा– पूर्व खानेपानी मन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) नेपालका

ल्होसारले समृद्ध मुलुक निर्माणमा ऊर्जा प्रदान गरोस् : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सोनाम ल्होसार पर्वले सबै नेपालीबीचको एकतालाई

मेची भन्सार : ६ महिनामा ७ अर्ब १९ करोडको अलैँची निर्यात

झापा– पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८२–०८३ को अर्धवार्षिक अवधिमा