एकीकृत समाजवादीको सचिवालय बैठकले के–के गर्‍यो निर्णय ? « Khabarhub

एकीकृत समाजवादीको सचिवालय बैठकले के–के गर्‍यो निर्णय ?


३० श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


375
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को सचिवालय बैठकले वामदेव गौतमलाई तेस्रो वरीयताक्रमका वरिष्ठ नेता बनाएको छ। बिहीबार आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकले तीन जनालाई पोलिटब्युरो सदस्य र नौ जनालाई केन्द्रीय सदस्यको जिम्मेवारी दिने निर्णय गरेको हो।

गौतमले बैठकमा सहभागी भएर सचिवालय सदस्यको शपथ ग्रहण गरेका छन्। बैठकले उनलाई केन्द्रीय विभागहरूको संयोजन गर्ने जिम्मेवारी तोकेको छ भने रुपन्देही–३ उपनिर्वाचनका लागि पाँच सदस्यीय कार्यदल गठन गरेको छ।

बैठकले शिक्षा, संघीय निजामति सेवा, भूमि, मिडिया तथा किसानसँग सम्बन्धित मुद्दामा सरकारको ध्यानाकर्षण गराउँदै बाढी, पहिरो, खडेरी र भूकम्प पीडितलाई राहत तथा पुनःस्थापना गर्न माग गरेको छ।

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार  ९ : ०१ बजे

बिहानै बालेन जानकी मन्दिरमा पुग्दा‍..

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह

सोमबार बिहानै जानकी मन्दिरमा बालेन, साथमा देखिए अमरेशकुमार सिंह

काठमाडौं – आइतबार साँझ जनकपुरधाम पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

माघ शुक्ल प्रतिपदा : हर्षोल्लासपूर्वक मनाइँदै सोनाम ल्होसार

काठमाडौं – तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन

प्रतिनिधि सभा निर्वाचन ४५ दिन बाँकी : आचारसंहिता लागू

काठमाडौं – निर्वाचन आयोगले आजदेखि निर्वाचन आचारसंहिता, २०८२ लागू गरेको

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय