एकीकृत समाजवादीको सचिवालय बैठकले के–के गर्‍यो निर्णय ? « Khabarhub

एकीकृत समाजवादीको सचिवालय बैठकले के–के गर्‍यो निर्णय ?


३० श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


375
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को सचिवालय बैठकले वामदेव गौतमलाई तेस्रो वरीयताक्रमका वरिष्ठ नेता बनाएको छ। बिहीबार आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकले तीन जनालाई पोलिटब्युरो सदस्य र नौ जनालाई केन्द्रीय सदस्यको जिम्मेवारी दिने निर्णय गरेको हो।

गौतमले बैठकमा सहभागी भएर सचिवालय सदस्यको शपथ ग्रहण गरेका छन्। बैठकले उनलाई केन्द्रीय विभागहरूको संयोजन गर्ने जिम्मेवारी तोकेको छ भने रुपन्देही–३ उपनिर्वाचनका लागि पाँच सदस्यीय कार्यदल गठन गरेको छ।

बैठकले शिक्षा, संघीय निजामति सेवा, भूमि, मिडिया तथा किसानसँग सम्बन्धित मुद्दामा सरकारको ध्यानाकर्षण गराउँदै बाढी, पहिरो, खडेरी र भूकम्प पीडितलाई राहत तथा पुनःस्थापना गर्न माग गरेको छ।

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार  ९ : ०१ बजे

मुक्तिक्षेत्रमा भारी हिमपात

मुस्ताङ– यहाँस्थित वारागुङ मुक्तिक्षेत्रमा छैटौँ पटक भारी हिमपात भएको छ।

मन्त्रीहरूद्वारा नयाँ संसद् भवन परिसरमा वृक्षारोपण

काठमाडौं – सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवन क्षेत्रमा आज

गाँजाखेतीलाई वैधानिक बनाउने विधेयकमाथि छलफल जारी

गण्डकी- गाँजाखेतीलाई कानुनी वैधता दिन गण्डकी प्रदेश सरकारले ल्याएको विधयक

गुल्मीमा चट्याङ लागेर ६ जना घाइते

गुल्मी- वर्षासँगै परेको चट्याङ लागेर गुल्मीका विभिन्न स्थानमा छ जना

स्याङ्जाको मालुङ्गामा चितुवा मृत फेला

स्याङ्जा – स्याङ्जाको गल्याङ नगरपालिका–१ मालुङ्गा बसिन्डाँडामा मरेको चितुवा फेला