रवि लामिछानेलाई ललितपुरको नक्खु कारागार ल्याउने निर्णय « Khabarhub

रवि लामिछानेलाई ललितपुरको नक्खु कारागार ल्याउने निर्णय


३० श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


417
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई रुपन्देही कारागारबाट ललितपुरस्थित नख्खु कारागारमा स्थानान्तरण गरिने भएको छ। कारागार व्यवस्थापन विभागले लामिछानेको निवेदन अनुसार नै सरुवा प्रक्रिया अघि बढाएको विभागका महानिर्देशक लीलाप्रसाद शर्माले जानकारी दिए।

शमाका अनुसार लामिछानेको लिखित मन्जुरीअनुसार नख्खु कारागारमा सरुवा गर्ने निर्णय गरी रुपन्देही कारागारलाई पत्राचार गरिसकीएको छ। अब रुपन्देही कारागार, त्यहाँको सीडीओ कार्यालय र प्रशासनले सुरक्षा व्यवस्थापन मिलाएर स्थानान्तरण प्रक्रिया अघि बढाउनेछन्।

हाल पुर्पक्षका लागि रुपन्देही कारागारमा रहेका लामिछानेले यसअघि नै नख्खु कारागारमा सरुवा गर्न निवेदन दिएका थिए ।

गृहमन्त्री रमेश लेखकले बिहीबार प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार आयोगको बैठकमा लामिछानेको कारागार सरुवा प्रक्रिया भइरहेको जानकारी दिएका थिए ।

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार  १० : ०३ बजे

बिहानै बालेन जानकी मन्दिरमा पुग्दा‍..

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह

सोमबार बिहानै जानकी मन्दिरमा बालेन, साथमा देखिए अमरेशकुमार सिंह

काठमाडौं – आइतबार साँझ जनकपुरधाम पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

माघ शुक्ल प्रतिपदा : हर्षोल्लासपूर्वक मनाइँदै सोनाम ल्होसार

काठमाडौं – तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन

प्रतिनिधि सभा निर्वाचन ४५ दिन बाँकी : आचारसंहिता लागू

काठमाडौं – निर्वाचन आयोगले आजदेखि निर्वाचन आचारसंहिता, २०८२ लागू गरेको

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय