बक्सिङका पूर्व विश्व च्याम्पियनको ४६ वर्षको उमेरमा निधन « Khabarhub

बक्सिङका पूर्व विश्व च्याम्पियनको ४६ वर्षको उमेरमा निधन


३० भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

लन्डन – बक्सिङ खेलका पूर्व विश्व विजेता रिकी ह्याटनको निधन भएको छ। उनी ४६ वर्षका थिए।

ह्याटन उत्तरपश्चिम इङ्गल्याण्डको हाइडमा आफ्नो घरमा मृत फेला परेका हुन्। ग्रेटर म्यानचेस्टर प्रहरीले उनको मृत्युलाई शङ्कास्पद रूपमा नलिएको बताएको छ।

“स्थानीय जनप्रतिनिधिले प्रशासनलाई आइतबार बिहान ६ः४५ बजे दिएको सूचनामा ४६ वर्षीय ह्याटन हाइडस्थित आफ्नै घरमा टेमसाइडमा मृत भेटिएको खबर गरेको र तत्काल प्रहरी त्यहाँ पुगेको थियो,” स्थानी प्रहरी प्रवक्ताले बताए।

“उहाँको मृत्युबारे प्रारम्भिक अनुसन्धानले उहाँको कुनै पनि शङकास्पद आक्रमण वा गतिविधिका कारण भएको विश्वास गरिएको छैन,” प्रहरीले भनेको छ।

‘द हिटम्यान’ उपनामले चिनिने ह्याटनले ‘लाइटवेल्टर वेट’ समूहमा धेरै विश्व उपाधि र ‘वेल्टर वेट’ मा एउटा उपाधि जितेका थिए।

उनको आक्रामक शैलीले आफ्नो पुस्ताको सबैभन्दा लोकप्रिय बेलायती बक्सरमध्ये एक बनाउन सफल भएको थियो।

सन् १९९७ मा आफ्नो बक्सिङ खेलको सार्वजनिक सुरूवात गरेका उनले ४८ व्यावसायिक प्रतिस्पर्धातर्फ ४५ उपाधि जितेका थिए।

प्रकाशित मिति : ३० भाद्र २०८२, सोमबार  ७ : ५३ बजे

सन्दीप लामिछानेले लिए जनकपुरको चौथो विकेट

काठमाडौं– विराटनगरका कप्तान सन्दीप लामिछानेले जनकपुरको चौथो विकेट लिएका छन्

काँक्रेबिहारको जंगलमा झुन्डिएको अवस्थामा भेटिए किशोर-किशोरी

काठमाडौं- सुर्खेतमा एउटै रुखमा सलको पासो लगाएर झुन्डिएको अवस्थामा किशोर-किशोरी

बस्तीबीचमा भलबारी डिपो, अव्यवस्थित पार्किङ र आगलागीको जोखिमले स्थानीय त्रसित

भलबारी– दुई दशकदेखि नेपाल आयल निगमको ट्यांकर चलाउँदै आएका दामोदर

बलिउड अभिनेता धर्मेन्द्रको निधन

मुम्बई- बलिउडका दिग्गज अभिनेता धर्मेन्द्रको सोमबार निधन भएको छ। यो

एमाले महाधिवेशन प्रतिनिधि बन्न उम्मेदवार शुल्क नै १० हजार

नुवाकोट– नेकपा (एमाले) नुवाकोट जिल्ला कमिटीले एघारौँ राष्ट्रिय महाधिवेशनका लागि