नवनियुक्त तीन मन्त्रीलाई बधाई दिँदै एमाले नेता बस्नेतले उठाए तीन प्रश्न « Khabarhub

नवनियुक्त तीन मन्त्रीलाई बधाई दिँदै एमाले नेता बस्नेतले उठाए तीन प्रश्न


३० भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा नियुक्त तीन मन्त्रीलाई नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले बधाई दिएका छन् । उनले बधाईसँगै पारदर्शिता र जवाफदेहिताको पनि सार्वजनिक प्रश्न उठाएका छन्।

बस्नेतले सामाजिक सञ्जालमार्फत पूर्व-अर्थसचिव रामेश्वर खनाललाई अर्थमन्त्री बनेकोमा शुभकामना दिएका छन्। तर, उनले खनालले मन्त्री बनेर ‘क्वाटर नलिने, गाडी नलिने, तलब नलिने’ भन्ने घोषणा गरेको विषयमा प्रश्न गर्दै भनेका छन्, ‘यसको अर्थ के तपाईंसँग पहिले नै पर्याप्त निजी सम्पत्ति छ? अर्थसचिव हुँदा परिवारका नाममा भएको सम्पत्तिबारे छानबिनको लागि तयार हुनुहुन्छ?’

बस्नेतले कुलमान घिसिङलाई पनि ऊर्जा मन्त्रीको जिम्मेवारीमा नियुक्त भएकोमा बधाई दिँदै उनका परिवारका नाममा देखिएका ठेक्का र आपूर्ति व्यवसायबारे पारदर्शी बनाउन छानबिन गर्नुपर्ने बताएका छन्। उनले विद्युत् प्राधिकरण प्रमुख हुँदा उठेका ठेक्का र खरिदसम्बन्धी प्रश्नहरूको छानबिन आफैँबाट सुरु गर्न आग्रह गरे।

बस्नेतले कानुन व्यवसायी ओमप्रकाश अर्यालको पृष्ठभूमिबारे समेत प्रश्न उठाएका छन्। उनले राष्ट्रिय जनावर मानिएको अवस्थामा गाई काटेर खान पाउनुपर्छ भनेर सर्वोच्चमा मुद्दा हाल्ने व्यक्तिले धार्मिक संवेदनशीलतालाई असर पार्न सक्ने बताएका छन्।

बस्नेतले समग्रमा नयाँ सरकार र नेतृत्वले भ्रष्टाचार र नेपोटिजमविरुद्ध सच्चा परिवर्तन देखाउन चाहन्छ भने आफ्नै निकटवर्तीदेखि छानबिन र जवाफदेहिता देखाउने साहस गर्नुपर्ने धारणा राखेका छन्।

प्रकाशित मिति : ३० भाद्र २०८२, सोमबार  १ : ३० बजे

बसाहा क्लब कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको फाइनलमा

सुनसरी – इटहरीमा जारी तेस्रो संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण स्वर्गीय पूर्वप्रधानमन्त्री

निर्वाचनमा प्रतिमतदाता २८४ रुपैयाँ खर्च

काठमाडौं- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता

निर्वाचन आयोगको चुनाव खर्च ३ अर्ब ५४ करोड २८ लाख

काठमाडाैँ- मितव्ययिता र स्थानीय स्रोतको अधिकतम प्रयोगका कारण निर्वाचन आयोगले

पोखरामा प्याराग्लाइडिङ प्रतियोगिता

गण्डकी – पोखरामा आजदेखि ‘नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप’ प्रतियोगिता सुरु

सर्लाहीमा पोखरीमा डुबेर युवकको मृत्यु

सर्लाही – सर्लाही सदरमुकाम मलङ्गवामा आज पोखरीमा डुबेर एक युवकको