देशभर डेंगु संक्रमितको संख्या ४३ सय नाघ्यो  « Khabarhub

 देशभर डेंगु संक्रमितको संख्या ४३ सय नाघ्यो 


३० भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो एक सातामा देशभर २ सय ३९ जनामा डेंगुको संक्रमण देखिएको छ । यो संगै नेपालमा डेंगु सक्रमितको संख्या ४ हजार ३ सय ५३ पुगेको छ । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा इडिसिडीका अनुसार विगत २४ घण्टामा मात्रै ३३ जना नयाँ संक्रमित थपिएका छन् ।

सबैभन्दा धेरै गण्डकी प्रदेशमा ११ सय ४९ जनामा डेंगुको संक्रमण देखिएको छ भने बागमतीमा ९ सय ३६, लुम्बिनीमा ७ सय ८०, कोशीमा ६ सय ८१, सुदूरपश्चिममा ५ सय २, कर्णालीमा २ सय ७ र मधेश प्रदेशमा ८८ जनामा संक्रमण देखिएको छ । 

वर्षातको मौसममा डेंगी रोगको संक्रमणबाट बच्न लामखुट्टेको टोकाइबाट जोगिनु नै मुख्य उपाय भएकोले लामखुट्टे नियन्त्रण गर्न घर तथा भवन वरपरका पानी जम्ने स्थान र वस्तुहरूको पहिचान गरी, लामखुट्टेको प्रजनन, वृद्धि तथा विकास हुने ठाउँहरू नष्ट गर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

प्रकाशित मिति : ३० भाद्र २०८२, सोमबार  १ : ४५ बजे

भृकुटीमण्डपलाई नागरिकमैत्री सार्वजनिक केन्द्र बनाउने तयारी

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा

संयुक्त राष्ट्रसङ्घको महासचिव चयनका लागि दोस्रो स्ट्र पोल

न्युयोर्क– संयुक्त राष्ट्रसङ्घका नयाँ महासचिव चयनका लागि सुरक्षा परिषद्ले शुक्रबार

नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ

काठमाडौं– नेपाल मेडिकल काउन्सिल (एनएमसी)को रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

तोलामा ३ हजार रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी

मधेसका आठ जिल्ला शाखालाई सञ्चार सामग्री हस्तान्तरण

जनकपुरधाम– मधेस प्रदेश सरकारले प्रदेशका आठवटै जिल्लाका नेपाल पत्रकार महासङ्घ