बेलायती भ्लगरले खिचेको भिडियो कसरी गायब भयो ? « Khabarhub

बेलायती भ्लगरले खिचेको भिडियो कसरी गायब भयो ?


३० भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जेन-जी आन्दोलनले देशभर मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमै ध्यान खिचेको बेला ब्रिटिश ट्राभल भ्लगर ह्यारी ज्याक्सनले खिचेको भिडियो अचानक युट्युबबाट गायब भयो।

 ‘द साइड अफ नेपाल द मिडिया वोन्ट शो यु’ शीर्षकमा अपलोड गरिएको उक्त भिडियोमा संसद् भवन अगाडि भएको आगजनी, युवाहरूको उत्साह, तथा आन्दोलनकै यथार्थ तस्वीर एक विदेशीको नजरबाट प्रस्तुत गरिएको थियो। तर, यो भिडियो युट्युबमा अर्को प्रयोगकर्ताले ‘कपीराइट क्लेम’ गरेपछि हटाइएको छ ।

भिडियो हटाइएपछि ह्यारी स्वयंले आफ्नो युट्युब च्यानल ‘वी हेट द कोल्डु मा नयाँ भ्लगमार्फत जानकारी दिँदै यसलाई ‘इतिहास लुकाउने प्रयास’ भन्दै आक्रोश पोखेका छन्। उनका अनुसार, भिडियोमा कुनै पनि सङ्गीत वा अरूको सामग्री प्रयोग गरिएको थिएन, सबै कन्टेन्ट मौलिक थियो। उनले भने, ‘यो स्पष्ट रूपमा गलत आरोप हो, म यसलाई फिर्ता ल्याउन प्रयासरत छु।’

अहिले पनि सो भिडियो उनको फेसबुक पेज ‘वि हेट द कोल्ड’ मा उपलब्ध छ।

प्रकाशित मिति : ३० भाद्र २०८२, सोमबार  १ : ४८ बजे

भृकुटीमण्डपलाई नागरिकमैत्री सार्वजनिक केन्द्र बनाउने तयारी

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा

संयुक्त राष्ट्रसङ्घको महासचिव चयनका लागि दोस्रो स्ट्र पोल

न्युयोर्क– संयुक्त राष्ट्रसङ्घका नयाँ महासचिव चयनका लागि सुरक्षा परिषद्ले शुक्रबार

नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ

काठमाडौं– नेपाल मेडिकल काउन्सिल (एनएमसी)को रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

तोलामा ३ हजार रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी

मधेसका आठ जिल्ला शाखालाई सञ्चार सामग्री हस्तान्तरण

जनकपुरधाम– मधेस प्रदेश सरकारले प्रदेशका आठवटै जिल्लाका नेपाल पत्रकार महासङ्घ