राज कुन्द्रा आर्थिक अपराध अनुसन्धान शाखामा उपस्थित हुँदै « Khabarhub

राज कुन्द्रा आर्थिक अपराध अनुसन्धान शाखामा उपस्थित हुँदै


३० भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउड अभिनेत्री शिल्पा शेट्टीका श्रीमान तथा व्यवसायी राज कुन्द्रा आज आर्थिक अपराध अनुसन्धान शाखामा उपस्थित हुँदैछन् । 

करिब ६० करोड रुपैयाँ ठगी गरेको आरोपमा उनीविरुद्ध अनुसन्धान भइरहेको छ । यसअघि सेप्टेम्बर १० मा नै आर्थिक अपराध अनुसन्धान शाखाले उनलाई बयानका लागि बोलाएको थियो तर उनका वकिलहरूले व्यक्तिगत कारण देखाउँदै समय मागेका थिए। त्यसपछि एजेन्सीले सेप्टेम्बर १५ मा अनिवार्य रूपमा उपस्थित हुन आदेश दिएको हो ।

राज र शिल्पाको हालसालैको यात्रासम्बन्धी विवरण संकलन गरेपछि आर्थिक अपराध अनुसन्धान शाखाले दुवै विरुद्ध लुकआउट नोटिस समेत जारी गरिसकेको छ ।

जुहु व्यवसायीको आरोप : लगानीका नाममा ठगी

यो मुद्दा सन् २०२५ को अगस्ट महिनामा सुरु भएको हो । जुहु निवासी तथा लोटस क्यापिटल फाइनान्सियल सर्भिसेस का निर्देशक दीपक कोठारीले जुहु प्रहरी चौकीमा उजुरी दर्ता गरेका थिए । 

उजुरीमा उनले राज कुन्द्रा र शिल्पा शेट्टीले बेस्ट डिल टिभी प्रालिमा लगानी गर्ने बहानामा करोडौँ रुपैयाँ लिएको तर कुनै प्रतिफल नदिएको दाबी गरेका छन् । बरु, उक्त रकम उनीहरूले आफ्नै व्यक्तिगत खर्चमा प्रयोग गरेको कोठारीको आरोप छ ।

दीपकका अनुसार, सन् २०१५ मा राज र शिल्पा स्वयं उनलाई भेट्न आएका थिए । त्यतिबेला उनले बेस्ट डिल टिभी का लागि ऋण माग्दै वार्षिक १२ प्रतिशत ब्याज दिने बाचा  गरेका थिए । पछि, सो ऋणलाई नै लगानीमा रूपान्तरण गर्न आग्रह गरिएको थियो । तर, वर्षौंसम्म लगानी रकम फिर्ता भएन । यसैले उनले राज र शिल्पाविरुद्ध मुद्दा दायर गरेका हुन् ।

राज कुन्द्राको प्रतिक्रिया

राज कुन्द्राले भने यी सबै आरोपलाई अस्वीकार गर्दै आफू निर्दोष रहेको दाबी गरेका छन् । उनले भनेका छन्, ‘सत्य चाँडै बाहिर आउनेछ, मैले कुनै गल्ती गरेको छैन ।’

अब सबैको ध्यान राज कुन्द्रा आर्थिक अपराध अनुसन्धान शाखामा बयान दिन गएपछि आउने विवरणतर्फ केन्द्रित भएको छ। विवादसँगै राज कुन्द्रा आफ्नो व्यावसायिक र फिल्मी प्रमोशनमा पनि सक्रिय देखिएका छन् । हालै उनी आफ्नो पहिलो पंजाबी फिल्म मेहर को प्रमोशनका लागि दिल्ली पुगेका थिए ।

अहिले राज कुन्द्राको बयानपछि आर्थिक अपराध अनुसन्धान शाखाबाट आउने खुलासाले शिल्पा–राज दम्पतीको भविष्य कस्तो मोड लिन्छ भन्नेबारे सबैको नजर केन्द्रित छ ।

प्रकाशित मिति : ३० भाद्र २०८२, सोमबार  २ : ४६ बजे

विश्वकपअघि इरानी टोली टर्की प्रस्थान

तेहरान- सन् २०२६ को विश्वकप फुटबल प्रतियोगिताअघि अन्तिम तयारीलाई तीव्र

विज्ञको दाबी : अबको २४ देखि ४८ घण्टाभित्र इरानमाथि फेरि हमला सुरू गर्न सक्छ अमेरिका

तेहरान- पश्चिम एसियाको तनावबीच अमेरिकाले आगामी २४ देखि ४८ घण्टाभित्र

इरानले पाकिस्तानमार्फत् अमेरिकालाई नयाँ १४ बुँदे प्रस्ताव पठायो

तेहरान– युद्धको सन्त्रासबीच इरानले फेरि एक पटक सहमतिका लागि १४

बेनीलाई कटान र बाढीबाट जोगाउन नदी नियन्त्रण योजना

म्याग्दी– बेनी बजारमा म्याग्दी नदीको कटान नियन्त्रणका लागि आयोजना निर्माण

समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु, पहिले दिन ३ सय ७८ जनाले पाए बचत

काठमाडौं– सरकारले समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु गरेको