आगजनीबाट जोगियो स्वास्थ्य सेवा विभाग | Khabarhub Khabarhub

आगजनीबाट जोगियो स्वास्थ्य सेवा विभाग


३० भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  ‘जेनजी पुस्ता’को प्रदर्शनमा देशभर कैयौँ कार्यालय आगजनीबाट ध्वस्त भए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय पनि यसबाट जोगिन सकेन । बढी क्षति भएको मन्त्रालयमा स्वास्थ्य पर्दछ ।

स्वास्थ्य क्षेत्रको प्रमुख निकायमध्ये एउटा टेकुस्थित स्वास्थ्य सेवा विभाग भने आगजनीबाट जोगिएको छ । त्यसैले कार्यालयका नियमित कामकाज आइतबारदेखि नै सुरु भइसकेका छन् । विभागका महानिर्देशक डा टंकङ्कप्रसाद बाराकोटीले प्रदर्शनमा विभागको भवन जोगिएको बताए। स्वास्थ्य मन्त्रालयमा राखिएको विभागको एउटा गाडी र मोटरसाइकलमा क्षति पुगेको छ । 

विभागभित्र राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्र, राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र, राष्ट्रिय क्षयरोग केन्द्र, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना र सञ्चार केन्द्रलगायत रहेका छन् । उपचारात्मक सेवा महाशाखा, व्यवस्थापन महाशाखा, नर्सिङ  तथा सामाजिक सुरक्षा महाशाखा, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, परिवार कल्याण महाशाखा यहाँ रहेका छन् ।

विभागमा क्षति नपुगे पनि देशभर ३० नगरपालिकामा रहेको स्वास्थ्य शाखामा भने क्षति पुगेको महानिर्देशक डा बाराकोटीले जानकारी दिए । ‘क्षतिको विवरण संकलन गर्दैछौँ,’ उनले भने।

मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न नगरपालिका र स्वास्थ्य संरचनामा हालैको घटनाबाट क्षति पुगेको छ । स्वास्थ्य संस्था, खोप भण्डारण केन्द्रमा कतै पूर्ण र कतै आंशिक क्षति भएको छ । पुनःस्थापना तथा मर्मत गरेर सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।

परिवार कल्याण महाशाखाअन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले खोप कोल्ड चेन स्टोरमा क्षति पुगेको बताए। उनका अनुसार हालसम्म १९ खोप कोल्ड चेन स्टोरमा क्षति पुगेको छ । क्षतिको विवरण संकलन भइरहेको उनले बताए। 

‘वडा कार्यालय जलाउँदा सँगैको स्वास्थ्य संस्था पनि परेका छन् । खोप भण्डारण कक्षमा क्षति पुगेको छ । खोप कार्यक्रममा भने प्रभाव परेको छैन । सेवा दिन प्रयासरत छौँ । कामलाई निरन्तरता दिइरहेका छौँ’, प्रमुख डा. गौतमले भने। 

प्रकाशित मिति : ३० भाद्र २०८२, सोमबार  ३ : ५५ बजे

सरकारले असोज १ गते राष्ट्रिय शोकमा सार्वजनिक बिदा दिने 

काठमाडौं– सरकारले असोज १ गते राष्ट्रिय शोक दिवस मनाउने निर्णय

एमाले महासचिव पोखरेलद्वारा पार्टी कार्यालय पुनर्निर्माण थाल्न आव्हान

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले देशैभरका क्षतिग्रस्त

सिंहदरबारका भग्नावशेष हेर्दै टोलाउँछन् कर्मचारी

काठमाडौं– अझै पनि सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा धुवाँ पुत्पुताइरहेको छ ।

नेपालको पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न सरकार, बोर्ड र व्यवसायीको सामूहिक ऐक्यबद्धता

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सक्रियता र नेपाल