एनसेलले भन्यो- हामी फेरी उठ्ने छौँ « Khabarhub

एनसेलले भन्यो- हामी फेरी उठ्ने छौँ


३० भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत हप्ताको तोडफोडका घटनाले एनसेलको काठमाडौंस्थित मुख्य कार्यालय ‘एनसेल आइकम’ सहित महेन्द्रनगर, धनगढी र पोखरास्थित क्षेत्रीय कार्यालयहरूलाई गम्भीर क्षति पुर्‍याएको कम्पनीले पुष्टि गरेको छ ।

यी घटनाले कर्मचारीहरूको सुरक्षा र सेवा निरन्तरतामा पनि गम्भीर जोखिम उत्पन्न गराएको कम्पनीको भनाइ छ ।

‘संकटको समयमा सहज रूपमा सेवाको उपलब्धता सुनिश्चित गर्नका लागि हामीले तीन दिनसम्म निःशुल्क लोकल भ्वाइस कल, एसएमएस र इन्टरनेट सेवा उपलब्ध गरायौँ । हामीले विगत २० वर्षदेखि नेपाली जनसमुदायलाई सेवा पुर्‍याउने कार्यलाई प्रमुख प्राथमिकता दिँदै आएका छौँ,’एनसेलद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । 

एनलेसलले  नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई ज्ञापन गर्दै आन्दोलनका क्रममा ज्यान गुमाएकाको आत्माको शान्तिको कामना गर्दै, घाइतेको स्वास्थ्य लाभको लागि शुभेच्छा समेत प्रकट गरेको छ ।

प्रकाशित मिति : ३० भाद्र २०८२, सोमबार  ४ : ५३ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित