कांग्रेस कैलालीद्वारा देउवा दम्पतीमाथि भएको आक्रमणको निन्दा « Khabarhub

कांग्रेस कैलालीद्वारा देउवा दम्पतीमाथि भएको आक्रमणको निन्दा


३० भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

धनगढी– नेपाली कांग्रेस कैलालीले पूर्वप्रधानमन्त्री एवम् सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य एवम् तत्कालीन परराष्ट्रमन्त्री डा. आरजु राणा देउवामाथि भएको सांघातिक आक्रमणको निन्दा गरेको छ । 

एक साताअघि जेन–जी पुस्ताको आन्दोलनका क्रममा बूढानीलकण्ठस्थित निवासमै भएको आक्रमणलाई कांग्रेस कैलालीले अमानवीय ढंगले बर्बरतापूर्ण आक्रण भनेको छ ।

‘लोकतन्त्रका लागि जीवन पर्यन्त अविचलित रुपमा संघर्ष गरेका हाम्रो पार्टी नेपाली कांग्रेसका आदरणीय सभापति शेरबहादुर देउवा, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं निवर्तमान परराष्ट्रमन्त्री डा। आरजु राणा देउवामाथिको अमानविय बर्वरतापूर्ण भौतिक आक्रमणको घोर भत्सर्ना गर्दछौँ,’ जिल्ला सभापति नारायणदत्त भट्टद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘साथै उहाँहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ ।’ 

प्रदर्शनमा जेन–जी पुस्ताको भावनाविपरीत घुसपैठ गरी सरकारी संरचना, निजी घर र व्यावसायिक प्रतिष्ठानका भवनमा आगजनी भएको विज्ञप्तिमा उल्लेख छ । 

‘सरकारले क्षतिको वास्तविक आकलन गर्दै आवश्यक पुनर्स्थापना र पुनर्निर्माणको कार्य अगाडि बढाउनका साथै आन्दोलनमा घुसपैठ गरी आगजनी, तोडफोड र हिंसामा संलग्न दोषीको पहिचान गरी आवश्यक कानुनी कारबाही गर्न माग गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ । 

कांग्रेस कैलालीले वर्तमान परिस्थितिबाट उठ्न र पुनर्निर्माणमा जुट्न संयम, संवाद र एकता अपरिहार्य रहेकोमा पनि जोड दिएको छ ।

प्रकाशित मिति : ३० भाद्र २०८२, सोमबार  ५ : ३६ बजे

खहरेमा बगेकी सुमित्राको शव राप्ती किनारमा भेटियो

हेटौँडा– हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरकी ११ वर्षीया सुमित्रा ब्लोनको शव राप्ती

पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका

सोलुखुम्बु–  विश्वको सर्वोच्च शिखर सगरमाथासहित विश्वका अग्ला हिमशृङ्खला र सयौँ

जाजरकोटमा जिप दुर्घटना : एक जनाको मृत्यु, ६ घाइते

काठमाडौँ – डोल्पा-जाजरकोट सडकखण्डअन्तर्गत जाजरकोटको नलगाड नगरपालिका–७ दानेपिपलमा जिप दुर्घटना

भक्तपुरका किरण थापा मगर : वडाध्यक्षदेखि मुख्यमन्त्रीसम्म

मकवानपुर– बागमती प्रदेश सरकारमा बिहीबारमात्रै सातौँ मुख्यमन्त्रीका रूपमा नियुक्त भएका

काभ्रेमा ७४ आपराधिक घटना, ७६ पक्राउ

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकमा गत साउनमा ७४ आपराधिक घटना दर्ता भएका छन्।